- काठमाडौं ,असोज १ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई पुनः नियुक्त गर्नु पर्ने मागसहित काठमाडौँ उपत्यकामा प्रदर्शनमा उत्रिएका युवाहरुलाई प्रहरीले धरपकड गरेको छ ।
आज बिजुली बजार पुलबाट माइतीघर मण्डला तर्फ मोटरसाइकल ¥यालीसहित आउँदै गरेको हन्ड्रेड ग्रुपका युवा प्रदर्शनकारीलाई प्रहरीले बबरमहलमा तितरवितर पारेको थियो ।
प्रहरीले प्रदर्शनकारीलाई धरपकड गर्ने क्रममा तनाव सिर्जना भएको छ । प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको ग्रुपका संस्थापक बिमल पन्तले जानकारी दिनुभयो ।
ग्रुपका संयोजक बब्लु गुप्तासंगै केही प्रदर्शनकारी घाइते भएका छन् भने केहीलाई पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !