- सिरहा,असोज १ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
जनकपुर-जयनगर रेल बिहीबार साँझ भारतको जयनगर आईपुगेको छ । भोली रेल विभागलाई हस्तान्तरण गर्ने रेलसेट जयनगर स्थित आफ्नै स्टेशनमा आइपुगेको हो ।
बहुप्रतिक्षित नयाँ रेल आफ्नै स्टेशनमा जयनगर आइपुगेपछि हेर्ने नेपालीहरुको भीडा बढेको छ । सीमाका पूर्वी भेगका नेपालीहरु अत्यन्तै हर्षित भएका छन् ।
भारतमा निर्माण सम्पन्न भएर तम्तयार अवस्थामा रहेको दुई सेट रेल भोलि जनकपुर आइपुग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रेले जानकारी दिनु भयो ।
शुक्रबार एक समारोह बिच जनकपुरमा भारतको सरकारी कम्पन्नी कोकण रेलवेज कर्पोरेसन लिमिटेडले रेल विभागलाई रेल हस्तान्तरण गर्ने छ ।
रेललाई स्वागतकालागि महाप्रबन्धक भट्टराई, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली, रेल विभागको टोली समेत जनकपुर आइपुगेका छन् ।
पहिलो चरणमा भारतको कुर्थादेखि जनकपुरसम्म ३५ किलोमिटर रेल सञ्चालनको निम्ति सम्पूर्ण संरचना तयारी अवस्थामा छ । दोश्रो चरणमा चल्ने भनिएको जनकपुरको कुर्थादेखि भंगहासम्म १७ किलोमिटरमा लिक बिछ्याउने, लिकमा कालो गिट्टी राख्ने तथा भौतिक संरचाना निर्माणको काम युद्धस्तरमा भइरहेको विभागले जानकारी दिए ।
पहिलो चरणमा ३५ किलोमिटर रेल सेवा सञ्चालनको लागि केहिदिन अघि रेल विभागले करारमा कर्मचारी भर्ना लिन आवेदन आह्वान गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !