- नवलपरासी ,भदौ ३१ गते बुधबार ।।
- संजय कुशवाहा
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम ) नारायणी नदिमा डुङ्गा डुबेर एक पुरुष बेपत्ता भएका छन् । सुस्ता गाउँपालिका वडा नं. ५ ठाडीघाटबाट नारायणी नदि पारी सुस्ताका लागी इट्टा बोकेर जादै गरेको डुङ्गा नदिमा डुबेपछी डुङ्गामा काम गर्ने एक व्यक्ति डुबेर नारायणी नदिमा बेपत्ता भएका हुन् ।
प्रहरीका अनुसार डुङ्गामा ७ जना काम गर्ने ब्यक्तिहरु रहेका थिए । ६ जना आफै पौडी खेलेर नदि बाहिर निस्केका थिए । नारायणी नदिमा डुबेर बेपत्ता भएका ब्यक्तिको खोजी कार्य भइरहेको र बेपत्ता भएका ब्यक्ति भारतिय नागरिक अन्दाजी बर्ष ३२ को पुरुष रहेको र उनको थप पहिचान नखुलेको र खोजी कार्य भइरहेको प्रहरी चौकी रामनगरले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !