- काठमाडौं ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
- रासस
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बुधबार बजार अनुगमनमा निस्केका छन् । कोरोनाको कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उनी आफै आज बजार अनुगमनमा निस्केका हुन् ।
अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुगेका उनका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । ‘मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो’, उनले भने, ‘ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।’ बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले स्थानीय प्रशासनलाई खबर गरेर ति थोक पसललाई कारवाही गर्न निर्देशन समेत दिएको उनका स्वकीय सचिव ओझाले जानकारी दिनुभयो ।
उनका अनुसार वाणिज्य विभागले बढी मूल्यमा प्याज विक्री गर्ने पसललाई कारवाहीको प्रक्रिया समेत अगाडि बढाइसकेको हो। अहिले भारतबाट प्याज निर्यात नभएपछि व्यापारीले दोब्बरमूल्यमा प्याज बिक्री गरिरहेका छन् । चाडपर्व नजिकिदै गर्दा तरकारी, खाद्यपदार्थको मूल्य बढेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !