- इनरुवा ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
प्रतिनिधि सभा सदस्य जय कुमार राईले सुनसरी प्रहरीका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
राईले प्रहरीका लागि उपलब्ध गराएका सामग्रीहरुमा पीपीई सेट ७५ थान, थर्मल गन ५ थान, पञ्जा ४ सय थान, सर्जिकल मास्क ८ सय थान, मास्क २५ थान र गम बुट ८ थान रहेको छ ।
सांसद राईले उपलब्ध गराएका सामग्री सामाजिक अभियन्ता रोहित निरौला र जेनियस निरौलाले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई हस्तान्तरण गरेका छन् ।
रोहित र जेनियसले सुनसरीका प्रहरी प्रमुख कमल थापालाई भेटेर सांसद राईले उपलब्ध गराएका स्वास्थ्य सामग्री जिम्मा लगाएका हुन् ।
सांसद राईले यसअघि समेत सुनसरी प्रहरीकालागि स्वास्थ्य सामग्री उपलब्ध गराएका थिए । सांसद राईले आवश्यक परेको अवस्थामा अन्य सहयोग समेत उपलब्ध गराउने बताएको जेनियस निरौलाले जानकारी दिनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !