- काठमाडौं ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
सर्वेन्द्र खनाल निवृत्त भएपछि नेपाल प्रहरीको गरिमा फेरि माथि उठ्छ भन्ने अपेक्षा आम नागरिकको मात्र होइन, प्रहरी संगठनभित्रै थियो । खनालले ध्वस्त पारेको संगठनमा व्यावसायिकताको जग बसाल्ने अवसर स्वच्छ र इमानदार छवीका ठकुर ज्ञवालीलाई प्राप्त थियो ।
उनी पाँच महिनामै अवकाश हुने भएपछि प्रतिस्पर्धामा रहेका शैलेश थापा र हरि पाल जो उल्लंघन बने पनि प्रहरीको गुमेको साख फिर्छ भन्ने अपेक्षा हुनु स्वाभाविक पनि थियो । किनभने, यी दुवै संगठनभित्र इमान्दार, स्वच्छ र काबिल अधिकृतका रूपमा चिनिन्छन् । यी दुईमा बाजी मारे थापाले । तर, उनले पनि अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी सुरु हुन थालेको छ ।
पछिल्लो समय भएका केही सरुवाका घटनालाई लिएर उनको संगठनभित्र सुषुप्त रूपमा आलोचना हुन थालेको छ ।
तीन दिनअघि मात्रै बाग्लुङका एसपी शारदा प्रसाद चौधरीलाई पाँच महिनामै फिर्ता बोलाइएको छ । जनप्रतिनिधीसँग समन्वय नगरेको आरोपमै उनलाई हेर्डक्वाटर बोलाइएको हो । बागलुङको समस्या के रहेछ भने त्यहाँ व्यापारीको हितमा काम गरेन भने ज्यादै ठूलो राजनीतिक लबिङ हुने र असाध्यै राम्रा भनिएका प्रहरी अधिकृत पनि नटिक्ने रहेछन् ।
चौधरीलाई हेडक्वार्टर तानेपछि त्यहाँ अत्यन्तै बदनाम एसपी लोकेन्द्र श्रेष्ठलाई पठाइएको छ । श्रेष्ठ तिनै एसपी हुन्, जसलाई धेरै विवादित भएपछि मकवानपुरबाट तत्कालीन उल्लंघन सर्वेन्द्रले तीन महिनामै फिर्ता बोलाएका थिए । त्यसपछि सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय कैलाली पठाइएका उनलाई त्यहाँ पनि धुस काण्ड लागेर सात महिनामै स्थानीयले खेदेका थिए ।
अर्को एउटा घटना पनि छ, जसका कारण आइजी थापाको आलोचना हुन थालेको छ । केही दिनपहिले अत्यन्तै धेरै विवादित डिएसपी रवि रावललाई इलाका प्रहरी कार्यलय गरुडा रौतहट पठाइएको छ । गरुडा धेरै संवेदनशील ठाउँ हो ।
त्यहाँ हत्या, आतंक र तस्करीका घटना धेरै हुने गर्छन् । त्यस्तो ठाउँमा पठाइएका डीएसी रावलको छवि भने कस्तो छ भने उनी कपिलवस्तुमा बस्दा केटी काण्डमा मुछिएका थिए । त्यहीकी एक प्रहरी जवानसँग हिमचिम बढेको थाहा पाएपछि एसपी मनोज यादवले उनीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएका थिए । तर, कारबाही हुन नपाउँदै उनलाई सुदूरपश्चिम खेदिएको थियो ।
गरुडाका लागि तोकिएका डिएसपी नरेन्द्र कुँवरले स्वास्थ्यको समस्या देखाउँदै जान इन्कार गरेपछि रावललाई पठाइएको हो । कम्तीमा थापाजस्ता प्रहरी अधिकृत संगठनको प्रमुख भएका बेला सर्वेन्द्रका पालामा हुनेजस्ता साख गिर्ने गतिविधि रोकिने आम जनताको अपेक्षा धूलिसात नहुँदा उल्लंघन र प्रहरी संगठनकै गरिमा बढ्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !