- बिरगंज ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
बिरगंजको ठोरीमा निर्माणाधीन हुलाकी सडक खण्डको ठोरी गाप ४ स्थित बिजयबस्तीमा दोश्रो तथा अन्तिम लेयर बिछ्याउने क्रममा खाल्डाखुल्डी रहेको र बाटो सफा नगरी माटो, गोबरमाथी नै अन्तिम लेयर(मसिनो गिट्टी सहितको कालोपत्र) बिछ्याइएर सडक निर्माण गरेको भन्दै ठोरी ४ बिजयबस्तिका स्थानीयहरु ले सडक निर्माण कार्य मा अवरोध गरेका छ्न ।
अन्तिम कालोपत्रेमा पानी पस्ने खाल्डाखुल्डी रहेको र राम्रो फिनिसिङ नआएको र बाटो सफा नगरीकन माटोमाथी नै कालोपत्रे बिछ्याइएको मा गल्ती भएको भन्दै ठेक्का पाएको बानियाँ कन्ट्रक्सनका इन्जिनियरहरुले स्वीकार समेत गरेका छ्न ।
ठोरी ४ बिजयबस्तीको पेट्रोल पम्प अगाडिबाट सुरु भएको अन्तिम लेयर बिछ्याउने कार्यमा त्रुटी भएको भन्दै बानियाँ कन्ट्रकसनका उद्धव नेउपानेले हुलाकी सडकको स्तर अवलोकन गर्ने इन्जिनियर लाई आजै बोलाउने र स्थानीय संग छ्लफल गराई गुणस्तरीय पिच बनाउने गरि अघि बढ्ने बताएका छ्न । बाटो सफा नगरी कालोपत्रे बिछ्याइएको सन्दर्भमा उनले अब त्यस्तो गल्ती आगमी दिनमा नदोहोर्याउने र पिच गर्न बांकी रहेको स्थानमा पानी र एयर कम्प्रेसरको माध्यमले सफा गरेर मात्र काम अघि बढाउने पनि बताएका छ्न ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !