उहाले आफु रहुन्जेल सिरहा जिल्लाको कुनैपनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताउनु भयो
- सिरहा ,भदौ ३१ गते बुधबार ।।
- जनप्रभाब – समाचारदाता
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमाशंकर पंजियारको आगमन संगै प्रहरीले गरेको कडाईका कारण तस्करी धन्दामा कमी आएको छ ।
प्रहरी चाहे मन्दिरको अगाडीबाट एउटा चप्पल पनि चोरले चोर्न सक्दैन ठिक त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा आउनु भएका प्रहरी उपरीक्षक उमाशंकर पंजियारको आदेशले जिल्ला प्रहरी कार्यालय सिरहा मातहतका प्रहरी इमन्दार भएका छन् ।
एसपी उमाशंकर पंजियारको आगमन संगै सिरहा जिल्लामा संचालनमा रहेको हजारौं मदिरा भठी नष्ट गरिएको छ भने हजारौ हजार लिटर घरेलु मदिरा नष्ट गरिएको कार्य सराहनीय रहेको जिसस सिरहाका उप सभापति सरोज यादवले बताएका छन् ।
एसपी उमाशंकर पंजियारको आग्मन संगै तस्करहरु अन्य नाकामा भाग्न बाध्य भएका छन् ।
बिगतका दिनहरुमा नेपाल र भारतको सीमाना नाका हुदै ठूला वडा तस्करहरु कार्य गरिरहेको तर एसपी जीवन श्रेष्ठ र एसपी उमा प्रसाद चतुर्बेदी र हालको समयमा एसपी उमाशंकर पंजियारको नाम सुन्न साथ अन्य नाकामा प्रवेश गरेको तस्कर श्रोतले जनाएको छ । आफुहरु पहिला ट्रयाक्टर र ट्रकको माध्यमले काम गर्थे तर एसपी जीवन श्रेष्ठ र उमा प्रसाद चतुर्बेदीको समयमा र हाल आउनु भएका प्रहरी उपरीक्षक पंजियारको नाम सुन्नसाथ कुरा गर्ने हिम्मत नभएर अर्को नाका समात्नु पर्ने बाध्य भएको तस्कर श्रोतले बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक उमाशंकर पंजियारले तस्करी नियन्त्रण र अपराधिक क्रियाकलाप रोक्न लागि परेको बताउनु भयो । उहाले आफु रहुन्जेल सिरहा जिल्लाको कुनैपनि नाका अथवा कुनै पनि अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई नछोडिने बताउनु भयो । एसपी पंजियारले आफ्नो तर्फबाट तस्करी तथा अपराधि क्रियाकलाप नियन्त्रण गर्न प्रयास गरिरहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !