- सिरहा,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – समाचारदाता
सिरहा कारागारका १ सय ४८ कैदीबन्दीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गत भदौ २५ मा २ सय ४६ जनाको स्वाब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा गरिएको थियो । मंगलबार आएको परीक्षण रिर्पोटमा १ सय ४८ जना कैदीबन्दीमा संक्रमण देखिएको हो ।
यस्तै सोमबार १५ जना कैदीबन्दीको रिपार्ट पनि पोटिटिभ आएको थियो । योसँगै १ सय ६३ जना कैदीबन्दीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनु भयो ।स्वाब संकलन भएका २ सय ४६ मध्ये पटक–पटक गरी अहिलेसम्म २ सय ६ जनाको परीक्षणको रिर्पोट आइसकेको छ ।
यसअघि कारागारका ८४ जनामा संक्रमण देखिएका थियाे । अहिलेसम्म कारागारमा संक्रमितको संख्या २ सय ४७ पुगेको छ ।
कारागारमा क्षमताभन्दा तीन गुणाबढी पाँचसय ९७ जना कैदीबन्दी छन् । कैदीबन्दीको लागि कारागारभित्रै आइसोलेसन राखिएको सिरहा कारागार प्रमुख बविता महतोले जानकारी दिइन् । संक्रमितको संख्यामा वृद्धि भएसँगै कारागारमा परीक्षणको दायरा बढाइएको महतोले बताइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !