- नयाँदिल्ली ,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – समाचारदाता
भारत सरकारले प्याज निर्यातमा रोक लगाएको हो । भारतको केन्द्रीय सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। अस्वभाविक मूल्य बृद्धि भएपछि प्याज निर्यातमा भारतीय सरकारले रोक लगाएको बताइएको छ।
कटिङ्ग गरिएका र पाउडर फार्मबाहेकका सबै खाले प्याज निर्यातमा प्रतिबन्ध हो । आन्तरिक खपतलाई परिपूर्ति गर्न र बढ्दो मूल्यलाई नियन्त्रणमा लिन यस्तो कदम चालिएको भारत सरकारले जनाएको छ।
हाल दिल्ली लगायतका शहरमा प्याज प्रतिकिलो ३५ देखि ४० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालमा प्याजको मूल्य बढ्न सक्ने आकलन सुरू भएका छन् । (एजेन्सीको सहयोगमा)
फेसबुकबाट तपाईको प्रतिक्रिया !