- बरियारपट्टि ,भदौ ३० गते मंगलवार ।।
- जनप्रभाब – दुर्गानन्द यादव
सिरहाको बरियारपट्टी गाउँपालिकामा सोमबार हाजिर भएको प्रमुख प्रशासकिय अधिकृतलाई जनप्रतिनिधि र कर्मचारीहरुले एक कार्याक्रम आयोजना गरी स्वागत गरेको छ ।
सिरहाको बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिमेवारीका रुपमा रंजित जंग अधिकारी हाजिर भएको छ । गाउँपालिका अध्यक्ष श्री सन्तोष कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा नासु अमृत लाल यादव, वडाध्यक्ष,पत्रकार, शिक्षक, राजनीतिकर्मी, समाजसेवी ,गाउँपालिकाका अन्य कर्मचारीहरुबाट प्रमुख प्रशसकीय अधिकृतलाई फूलमालाका साथमा स्वागत गरियो ।

जिमेवारी ग्रहन गदै कर्मचारीहरलाई जवाफदेही भई शुसासन कायम हुने गरी जनतालाई सेवा प्रवाह सहज, सरल र छरितो दिन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले कर्मचारीहरुलाई निर्देशन गर्नु भयो ।
गत ०७६।७७ सालमा जनप्रतिनिधि र प्रशासकिय प्रमुख बीच भएको विवादका कारण उपभोक्ता समितिले २७ ओटा काम गरेको भुक्तानी पाउन नसके पछि प्रमुख प्रशासकीय अधिकृत आउदाँ खुसी भएका छन ।



















