- काठमाडौं ,भदौ २९ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ८७८ जनाको पिसीआर परीक्षण गरिएकामा ११७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । हालसम्म आठ लाख ५१ हजार ४०५ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
आज देशभर सक्रिय सङ्क्रमितको संख्या १५ हजार ३९३ रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो । अहिले देशभरका क्वारेन्टिनमा ६ हजार ८९२ जना रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८७९ जना कोरोना जितेर घर फर्केका छन् । योसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको संख्या ३९ हजार ५७६ पुगेको छ । कोरोना संक्रमणमुक्त हुने दर ७१.५ प्रतिशत रहेको छ ।
पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, सर्लाही, काठमाडौँ, चितवन, भक्तपुर र रुपन्देही छन् । शून्य सङ्क्रमित भएका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, म्याग्दी, हुम्ला, डोल्पा र मुगु छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !