२ नम्बर प्रदेशमा प्रहरीलाई चुनौती दिने जोकोहीलाई पनि छुट नदिइने ।।
- जनकपुरधाम,भदौ २८ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेका ईलाका प्रहरी कार्याल, सिमा प्रहरी चौकी र प्रहरी चौकीहरुको निरीक्षण तथा अनुगमन गरेका छन् ।
डिआइजी सिंहले सर्लाही र सिरहाको वर्तमान शान्ति सुरक्षाको बिषयमा छलफल गरी हाल बिश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) को सम्बन्धमा अपनाउनु पर्ने सतर्कता, प्रहरी कर्मचारीको आचरण तथा व्यवहार, आर्थिक पारदर्शिता, मातहतमा रहेका प्रहरी कर्मचारीहरुको रेखदेख तथा नियन्त्रण, सिमा नाकाबाट हुने चोरी निकासीको नियन्त्रण तथा रोकथाम, खोलानालाबाट हुने गिटी, बालुवाको उत्खन्न तथा दोहन र आफुले निर्वाह गरेका जिम्मेवारी तथा काम कर्तव्यको समयमा जाहेरी गर्नुपर्ने लगायतका विषय वस्तुमा जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेका सम्पुर्ण प्रहरी ईकाइहरुको प्रमुखहरुलाई सुझाव तथा कडा निर्देशन दिएका छन् ।
डिआइजी सिंहले शान्ति सुरक्षामा खलल पुर्याउने जोसुकैलाई पनि तत्काल कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सर्लाही र जिल्ला प्रहरी कार्यालय सिरहाको मातहतमा रहेका सम्पुर्ण प्रहरी ईकाइहरुको प्रमुखहरुलाई कडा आदेश दिदै उनले भने, २ नं. प्रदेशमा प्रहरीलाई चुनौती दिने जोकोहीलाई पनि छुट नदिइने उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !