- बर्दिया ,भदौ २८ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
सशस्त्र प्रहरीकाे संरक्षणमा बर्दियाबाट तस्करी सुचारु भएको छ। एसपी नर बहादुर राउतले परिचालन गरेका घुमुवाहरू वरिष्ठ हवल्दार रतन अाचार्य र भुपेन्द्र खड्काले तस्करहरूसग सेटिङ मिलाएर तस्करीको लाईन चलाएका छन् ।
बर्दियाको तस्करीको लाइन चलेको सम्बन्धमा अख्तियार , हेलाे सरकार सशस्त्र मुख्यालय, महानिरीक्षक शैलेन्द्र खनाल देखि पाँच नम्बर प्रदेशका डिअाईजिपी किशोर प्रधान समेतलाई लिखित उजुरी समेत परेको छ।तर पनि कुनै छानबिन र साेधपुछ भएको छैन भने घुमुवाहरूलाई हटाउने काम समेत भएको छैन । नहटाउनु र अनुसन्धान समेत नभएबाट तस्करीको सेटिङ प्रदेश तहसम्म रहेको अनुमान गर्न सकिन्छ ।
कसरी चलेको तस्करी
हाल देशमा कोरोना रोग दिनप्रतिदिन बढ्दै महामारीको रुपमा फैलिईरहेको हुँदा सरकारले कसरी स्वास्थ्य सेवा गर्ने र नागरिकको जिउज्यान बचाउने भन्ने कुरामा आफ्नो ध्यान केन्द्रित गरेको छ ।
त्यसैको कारण अहिले देशका कैयौं ठाँउमा कतै निषेधआग्या त कतै लकडाउण गरिएको छ तर सुरक्षाको जिम्मा लिएका बर्दियाका सशस्त्र प्रहरीका एसपी नर बहादुर राउत भने लक डाउनको अक्षेरस पालना गर्नुहोस भन्दै साधारण नागरिक लाई घरभित्र हुल्दै कोरोनाको त्रासले काम गर्न अनिच्छुक तस्करी लाई पनि मैले माथी चिफ साब लाई सबैकुरा मिलाई सकेको छु र तपाईं हाम्रो पैसा कमाउने राम्रो मौका यहि हो भन्दै पुराना घुमुवा बरिस्ठ हवल्दार रतन आचार्य मार्फत तस्करीलाई फकाउन लगाएर काठ तस्करी र खसीबोका तस्करी बाट एसपीले मासिक सात लाख रकम बुझेपछी हिजो आज बर्दिया जिल्लामा भारत बाट नेपाल अबैध सिसौको काठ तस्करी र खसिबोकाको तस्करी ब्यापकरुपमा भैरहेको छ ।
पैसा देखे महादेवका पनि तीन नेत्र बल्छ्न भनेझै मोटो रकम बुझे पछि एसपी राउतले सिल गरिएको सिमा नाका बाट पनि तस्करीलाई निर्वाध रुपमा भारत र नेपाल आवात जावात गर्न छुट दिएका छ्न भने तस्करीको माल पास गराउन घुमुवाका नाईके रतन आचार्य र भुपेन्द्र खडका लाई पाँच नम्बर प्रदेशको बाहिनिमा घर बिदाको रेकर्ड देखाएर दिनरात बर्दिया जिल्लाको राजापुर सीमा क्षेत्र र फुटाह नाकामा खटाएका छ्न जति हाकिम आएपनी ठेक्का कबोल गरि दस बर्ष घुमुवा बसेका भुपेन्द्र खडकाको बर्दिया सदर मुकाममा तीन तल्ले पक्की घर , एक बिगाह खेत र नेपालगंजमा एउटा घडेरी छ भने रतन आचार्यको सुर्खेतमा डेढ करोडको आलिसान बंगला छ भने कोहलपुरमा एउटा घडेरि स्कारपियो गाडी समेत रहेको बुझिन आएको छ भने सो क्षेत्रमा यी दुई हस्तिका कारण अहिले पनि ठूलो मात्रामा संगठित तस्करी हुने गरेको पाइएको छ ।
hellosarkar यस गुनासो टिकट नं. HS-7048-6707 मार्फत सशस्त्र प्रहरी बलको कार्यालय पठाईएको छ।

















