- जनकपुर,भदौ २७ गते सनिवार ।।
- जनप्रभाब – सम्बादाता
सामाजिक सञ्जालमा पोष्ट भएको तस्बिरमा ‘कमेन्ट’ गरेकै नामा जनकपुरधाममा दुई समूहबीच झडप भएको छ । झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको हो।
जनकपुरधाम उप–महानगरपालिका २० देवपुरा रुपैठामा शनिबार झडप नियन्त्रणका लागि प्रहरीले सात राउण्ड अश्रुग्यास प्रहार गरेको हो। मुस्लिम समुदायको मोहरम्म पर्वको लागि बनाइएको दाहाको फोटोमा समाजिक सञ्जाल फेसबुकमा कमेन्ट गरेकै नाममा दुई पक्षबीच विवाद भएको हो।
सामान्य विवादको विषयले उग्ररुप लिएपछि अश्रुग्यास प्रहार गर्नु परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। पैठाकामा एक हिन्दु समुदायका युवाले मोहरम्मको बनाइने दाहाको फोटोलाई सामाजिक सञ्जालमा टिप्पणी गरेपछि युवाबीच विवाद भएको थियो।
झडप उग्रह बन्दै गएपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।
विवादको क्रममा मोहरम्मका लागि बनाइएको दाहामा आगो लगाइएपछि आक्रोशित समूहले एक किराना पसलमा समेत तोडफोड गरेको छ। यद्यपि दाहामा आगो कसले वा किन लगाइएको त्यो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। झडलाई नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित ६० जनाको टोली खटाइएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !