- काठमाडौं ,भदौ २६ गते शुक्रबार ।।
- जनप्रभाब – सम्बादाता
नेकपाको बालुवाटारमा जारी स्थायी समिति बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल आक्रामक रुपमा प्रस्तुत भएका छन् । बैठकमा नेता नेपालले पार्टी विधि र पद्धतिमा चल्नु पर्नेमा जोड दिँदै अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले ल्याएको १५ बुँदे प्रस्तावप्रति चर्कोै असन्तुष्टि जनाएको एक स्थायी समिति सदस्यले जानकारी दिनु भयो ।
नेपालले मुलतः अध्यक्षद्वयको प्रस्तावमा एक व्यक्ति एक पदको व्यवस्था नभएको प्रति चर्को असन्तुष्टि जनाएका थिए । व्यक्ति एक मुख्य जिम्मेवारी लगायतका विषय प्रस्तावमा किन समेटिएन ? विधि बिना पार्टी कसरी चल्छ ?’ भन्दै नेपाल बैठकमा कड्किएका थिए ।
उनले पार्टी एकताको ५ महिनायता निरन्तर एक व्यक्ति एक मुख्य जिम्मेवारी लगायतको मुद्धा उठाउँदै आएका छन् । उनले यसबारेमा प्रचण्डसँगबिहीबारको भेटमा समेत असन्तुष्टि पोखेका थिए । नेकपा बैठकमा खाजाका लागि गरिएको ‘ब्रेक’ समयसम्मम ९ जना स्थायी समिति सदस्यले आ–आफ्नो धारणा राखिसकेका छन् ।
जसमा नेपालसहित स्थायी समिति सदस्यहरु देव गुरुङ, लिलामणि पोख्रेल, घनश्याम भुसाल, मातृका यादव, अष्ठलक्ष्मी शाक्य, भीम आचार्य, रघुजी पन्तलगायत रहेका छन् । आजको बैठकमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली केहीबेर बैठकमा सहभागी भएर बाहिरिएका थिए । उनी अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएर बाहिरिएको बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !