Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

नेपाल रेडक्रसमा अनियमितता : संस्थाको सामानमा व्यक्तिले यसरी गरे रजाइँ


  • काठमाडौं ,भदौ २६ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता


कहिलेकाहिँ विपत पनि कसैका लागि फलिफाप हुन्छ । नेपाल रेडक्रस सोसाइटीलाई यस्तै भयो । ०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि परोपकारी संस्थाका नाममा स्थापित नेपाल रेडक्रस सोसाइटीले आफैंले नचिताएको र नपत्याएको सहायता प्राप्त ग-यो ।

यसपछि उसको मनपरी र अनियमतिता यसरी बढ्यो कि नेपाल रेडक्रस सोसाइटी परोपकारी संस्थाबाट भ्रष्टाचारको अखडाका रुपमा रुपान्तरित भयो । त्यसबेलादेखि संसारभरका रेडक्रसियनहरुबीच नेपाल रेडक्रस ठुलो भ्रष्टाचारमा मुछिएको संस्थाका रुपमा परिचित भइरहेको छ । जुनकुनै बेला हाइटीको रेडक्रस सोसाइटी चिनिन्थ्यो, यसबेला हाइटी रेडक्रस सोसाइटीलाई पनि उछिनेर नेपाल रेडक्रस सोसाइटीले त्यो खाता आफ्नो नाममा लिएको छ ।

भूकम्पपछि नेपाल रेडक्रस सोसाइटीका लागि सयौं गाडी, मोटरसाइकल, ल्यापटप, मोबाइललगायतका सामानहरु दाताहरुले दिएको दानबाट खरिद गरियो । यी महँगा सामग्री रेडक्रसको उपल्लो नेतृत्वमा बस्नेहरुले लगेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले गरेको छानविनले देखाएको छ । जबकी ती सामानको खरिद भने कर्मचारीको नाममा गरिएको पाइएको छ ।

जस्तो कि तारादेवी गुरुङ नेपाल रेडक्रसको पीएमइआर (प्रपोजल मोनिटरिङ इभ्यालुसन अफिसर) अर्डिनेटर छिन् । उनका नाममा २ लाख ८० हजार २४० रुपैयाँको एपल आइप्याड– १ सय २८ जिवी, ७२ हजार आठ सय ८५ रुपैयाँको ल्पापटप, एक लाख ३२ हजार ९ सय ९९ सय रुपैया“को ल्यापटप डेल/लटिट्युड, १ लाख ५८ हजार दुई सयको लाइट अल्मुनियम, एक लाख ८ हजार चार सय ८० रुपैया“को म्याक मिनी, एक लाख ६४ हजार ९०० रुपैयाँको डियो स्कुटर, सोनी डिजिटल क्यामेरा लगायतका सामग्री देखाएको छ ।

नेपाल रेडक्रसको विपत व्यवस्थापन विभाग अन्तर्गत लजिष्टिक अधिकृत सावित्रा पाण्डेका अनुसार तारा गुरुङ जस्तो ‘इनोसेन्ट’ कर्मचारी रेडक्रसमै छैन । ‘गुरुङ एकदमै सोझी कर्मचारी हुन् । एउटा व्यक्तिलाई यतिका सामान किन चाहिन्थ्यो र ?’, पाण्डे भन्छिन्, ‘हाकिम, अरु स्टाफहरुका लागि सामान किन्दा गुरुङको नाममा माग फाराम भरिएको थियो । त्यसैले उनको नाममा धेरै सामान देखिएको हो ।’

उनै पाण्डेका नाममा समेत एक लाख ७७ हजार चार सय रुपैयाँको एभिएटर स्कुटर, एक लाख सात हजार तीन सय ५० रुपैयाँको ल्यापटप डेल/लटिट्युड, एक लाख सात हजार तीन सय ५० को अर्को ल्यापटप डेल÷लटिट्युड, एक लाख १७ हजार पाँच सय २० रुपैयाँको ल्यापटप लेनोभो थिकप्याड टुसेभेनजिरो, एक लाख २३ हजार एक सय ७० रुपैयाँको ल्यापटप लेनोभो एक्सटुसिक्टी, एक लाख १२ हजार तीन सय ३८ रुपैयाँको ल्यापटप थिंक प्याड टिभोसिक्टी, दुई लाख ३७ हजार नौ सय रुपैया“को मोटरबाइक सिवी युनिकोर्न हेटलगायतका सामग्री व्यक्तिगत प्रयोजनमा देखिन्छ ।

लजिष्टिक विभाग अधिकृत पाण्डेका अनुसार उनले त्यस विभागको स्टोर हेर्छिन् । अरु स्टाफहरुका लागि सामग्री किन्दा आफ्नो नामबाट माग फारम भरिएको उनी बताउ“छिन् । ‘ती सामान मैले व्यक्तिगत प्रयोजनमा लिएको होइन । सामानहरु अरु स्टाफहरुले बुझिसकेका छन् । विभागको रेकर्डमा पनि अरुकै नाममा गइसकेको छ’, पाण्डे भन्छिन्, ‘लकडाउनका कारण स्टोरमा अद्यावधिक हुन मात्र बा“की छ । त्यसैले ती सामानहरु हाम्रा नाममा देखिएको हो ।’ बा. ८२ प. ८५९१ नम्वरको स्कुटर चाहिँ आफ्नै नाममा रहेको र यसबेला आफूले नै प्रयोग गरिरहेको पाण्डे बताउँछिन् ।

रेडक्रसको विपत व्यवस्थापन विभागकै उपनिर्देशक रुद्र अधिकारीसँग दुई लाख ६ हजार चार सयको साइन मोटरसाइकल, एक लाख १५ हजार दुई सय ६० रुपैया“को ल्यापटप कम्प्युटर, एक लाख १७ हजार ६८ रुपैयाँको लेनोभोको अर्को ल्यापटप, ९० हजार नौ सय ६५ रुपैया“को अर्को ल्यापटपसहित थुप्रै सामानहरु रहेको काठमाडौं प्रशासनको छानविन समितिको रेकर्डले देखाउ“छ ।

त्यसैगरी रेडक्रसकै सामूदायिक विकास विभागमा कामु सातौं तहमा कार्यरत नन्द थपलियाका नाममा पनि उत्तिकै धेरै सामान छ । थपलियाले एक लाख ८४ हजारको एप्पल म्याक बुक, एक लाख ४२ हजार तीन सय ८० रुपैयाँको डेक्सटप कम्प्युटर, एक लाख ६६ हजार एक सय १० रुपैयाँको अर्को ल्यापटप, दुई लाख ४९ हजार नौ सय रुपैयाँको एक सय ६० सिसीको युनिकोर्न मोटरसाइकललगायतका सामान व्यक्तिगत प्रयोजनामा लगेका रेकर्डबाट खुल्छ । थपलिया रेडक्रस सोसाइटीमा चलाख कर्मचारीभित्र पर्छन् । उनी रेडक्रस सोसाइटीको कर्मचारी युनियनको अध्यक्ष समेत भइसकेका छन् ।

तर थपलियाले संस्थाको नीति नियमअनुसार बाहेकका अन्य कुनै सुविधा नलिएको दावी गरेका छन् । ‘ म कार्यरत संस्थाको नीति नियमअनुसार बाहेकका अन्य कुनै सुविधा नलिएको व्यहोरा निवेदन गर्दछु’, उनले रातोपाटीलाई पठाएको प्रतिक्रियामा भनेका छन्, ‘नेपाल रेडक्रसमा अघिल्लो कार्यसमितिले गरेका अनियमितताका विरुद्ध अनवरत खुला रुपमा विगत १२ बर्ष देखि अन्दोलनरत एक अगुवा अभियान्ताबाट यस्तो व्यवहार सम्भवनै छैन ।’

उनले आफू कार्यक्रम संयोजक रहेको कार्यक्रम सञ्चालित जिल्लाहरुमा आवश्यक तथा स्वीकृत बजेट अन्तरगत रहेर केन्द्रबाट खरिद हुने सामग्रीहरुको माग फाराम सम्वन्धित कार्यक्रमका तर्फबाट सही भएर जाने र माग गर्नेको नाम स्टोरको सिष्टममा प्रविष्ट हुने हुँदा एकै व्यक्तिका नाममा देखिएको बताएका छन् ।

‘मैले बुझेर प्रयोगमा रहेका सामग्रीहरुमा संस्थाको नियमअनुसारका एउटा मोटर साइकल, एउटा ल्यापटप, एउटा मोवाइल फोन सेट, हार्ड ड्राइभ र एनसेलको डाटा डिभाइस रहेको र ती सवै नीजि प्रयोजनका लागि नभइ कार्यालय प्रयोजनका लागि भएको व्यहोरा अनुरोध छ’, उनले भनेका छन् । आफू संस्थाबाट अलग हुँदा ती सवै बुझाएर जानुपर्ने नियम भएको बताएका छन् । त्यसैगरी मनिता राजकर्णिकार, मनबहादुर सिंहले पनि व्यक्तिगत प्रयोजनमा धेरे सामान लगेको छानविन प्रतिवेदनले देखाएको छ ।

जानकारका अनुसार रेडक्रस सोसाइटीको रेडक्रस सोसाइटीका उपल्लो तहका व्यक्तिहरुले तल्लो तहका कर्मचारीको नाममा देखाएर आफूले महँगा सामान लैजाने प्रवृत्ति, फितलो नियन्त्रण शैली, आन्तरिक प्रशासनको कमजोरी, विधि र सिद्धान्त अनुसार संस्था नचलेको कारणले संस्थागत सामान पनि व्यक्तिको नाममा देखाउने गरिएको छ । नेतृत्वले आफूलाई चाहिने सामग्री समेत निरीह कर्मचारीका नाममा देखाएर आफूले खरिद गर्ने गरेकाले यस्तो भएको हो । त्यसैले नचाहँदा नचाहँदै पनि इमान्दार कर्मचारी समेत दोषभागी बन्नुपरेको छ । केही चलाख कर्मचारीले भने मौकामा चौका पनि हानेका छन् ।

विपत व्यवस्थापन विभागका उपनिर्देशक रुद्र अधिकारीका भनाइमा उनका नाममा देखिएका सामान आफूभन्दा माथिका हाकिम र स्टाफहरुका लागि लिइएको हो । उनको साथमा अहिले कार्यालयले दिएको सुविधा अनुसार सामसुङ कम्पनीको एउटा मोबाइल सेट, एचडी कम्पनीको एउटा ल्यापटप, हार्ड ड्राइभ र एक सय १२ सिसीको एउटा साइन बाइक मात्र छ । ‘मैले त्यतिका सामान व्यक्तिगत प्रयोजनका लागि सुरुदेखि अहिलेसम्म लिएकै छैन’, उनी भन्छन्, ‘अरुका लागि लिएको सामान समेत स्रेस्तामा चढाउन बा“की रहेकाले मैरै नाममा देखिएको होला ।’

नेपाल रेडक्रसको कामु पाचौं तहमा कार्यरत जितेन्द्र गौतमले निजी प्रयोजनमा सबैभन्दा धेरै मोटरसाइकल, ल्यापटप लिएको प्रशासनको छानविन प्रतिवेदनले देखाउ“छ । उनका नाममा मोटरसाइकल मात्र सातवटा छन् । त्यसैगरी डेक्सटप र ल्यापटप गरेर १३ वटा कम्प्युटर उनले व्यक्तिगत रुपमा प्रयोग गरिरहेको देखिन्छ । यसबाहेक मोवाइल सेट, क्यामेरा पनि उनले प्रयोग गरिरहेको देखिन्छ । जानकारहरुका अनुसार गौतम रेडक्रसभित्रका शालिन, भद्र र मेहेनेती कर्मचारी हुन । संजीव थापा नेतृत्वको कार्य समितिले रेडक्रसमा प्रवेश गरेको एकरुदुई वर्ष नबित्दै थुप्रै नातागोतालाई स्थायी गरेको थियो ।

झापाको शरणार्थी शिविरदेखि काम गर्दै आएका गौतम भने २५ वर्षदेखि करारमा छन् । तर, थापा नेतृत्वका खेलाडीहरुले रेडक्रसभित्रका सामान भने गौतम जस्तै सोझा सिधा कर्मचारीका नाममा देखाउने गरेको स्रोत बताउँछ । भूकम्प प्रतिकार्य कार्यक्रममा प्रयोग भएका मोटरसाइकल समेत गौतमको नाममा राखिएको उक्त स्रोतको भनाइ छ । ती सामग्रीहरु संस्थागत स्रेस्ता राख्ने विधिमा नराखिदिएकाले उनका नाममा देखिएको हो ।

‘म आवद्ध विभागले यो–यो सामान चाहिन्छ भनेपछि हाकिम समक्ष सिफारिस गरेको थिएँ । स्टोरले कसले सिफारिस गरेको भनेर नाम हाल्छ । त्यसैले स्टोरबाट मेरो नाम देखियो होला । म सानो तहको कर्मचारीले त्यत्रो सामान के गर्नु र ?’, उनी भन्छन् ‘अफिसका लागि खरिद गरेको दुई करोडको सामान मेरै नाममा छ । तर ती सबै सामान हाकिमहरुका लागि किनिएको हो । मसाग अफिसले दिएको एउटा मोटरसाइकल र ल्यापटप मात्र छ ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh