- बाँके,भदौ २५ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
विद्युत चुहावट गर्ने बिरुद्ध नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले कारवाही सुरु गरेको छ । बुधबार नेपालगन्ज उपमहानगरपालिका १० स्थित एक घरमा प्राधिकरणको टोलीले छापा मारेर कारवाही अभियान सुरु गरेको हो । बागेश्वरी प्रिन्टीङ प्रेस संचालन गर्दैै आएका उदयसिंह श्रेष्ठले सोही भवनमा वागेश्वरी इन्टरनेशनल पनि संचालन गर्दै आएका छन ।
उनै श्रेष्ठको घरमा प्राधिकरणको टोलीले छापा मारेको हो । वोश्वरी प्रिन्टर्स रहेको घरमा घरभित्र कृषि मिटर जडान गरी दुरुपयोग गरेको आशंकामा छापा मारी दुई वटा मिटर नियन्त्रणमा लिईएको प्राधिकरणका इन्जिनीयर सुरेशकुमार तिमिल्सेनाले जानकारी दिए ।गणेश श्रेष्ठको नाममा रहेको ४३८२ नम्बरको सिचाई मिटर अन्य प्रयोजनमा प्रयोग भएको पाईएको तिमल्सेनाले बताए । अनुगमनका क्रममा वागेश्वरी प्रिन्टर्सको नाममा रहेको ४४७४ नम्बरको उद्योग मिटर र ४३८२ नम्बरको सिचाई मिटर दुरुपयोग भएको पाईएपछि दुबै मिटर नियन्त्रणमा लिएर लाईन काटिएको तिमिल्सेनाले जानकारी दिए ।५ कठ्ठा खेति गर्ने किसानलाई प्रोत्साहित गर्न सरकारले कृषि मिटर दिने गरेको छ । प्रति युनिट ३० पैसा मात्रै पर्छ । तर व्यवसायिक र घर प्रयोगका लागि कम्तिमा पनि चार रुपैयाँ प्रति युनिट बिद्युत महसुल पर्छ । खेतिका लागि घर वरिपरी जग्गा नरहेको तर मासिक १ हजार ४ सय युनिट खपत देखिएकाले कृषि मिटरको दुरुपयोग भएको विद्युत कार्यालयले जनाएको छ ।इन्जिनीयर तिमिल्सेनाले मिटरको दुरुपयोग गरेको पाईएमा बिद्युत चोरी ऐन अन्तर्गत मुद्दा चल्ने र जरिवाना पनि त्यही अनुसार हुने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !