- नवलपरासी ,भदौ २५ गते बिहीबार ।।
- जनप्रभाब – संजय कुशवाहा
पश्चिम नवलपरासीको बिभिन्न ठाउँबाट १ पिकअप गाडी र २ वटा मोटरसाईकल सहित १४ लाख ४० हजार मुल्य बराबरको हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । बुधबार बिहान ईलाका प्रहरी सेमरीबाट खटिएको प्रहरी टोलीले प्रतापपुर गाउँपालिका वडा नं. १ सिसहनियाबाट लु १ ज ३९०२ नम्बरको बोलेरो पिकअप गाडी सहित ६० बोरामा ३० क्विन्टल (३ सय किलो ) अवैध हरियो मटर (केराउ) नियन्त्रण गरिएको छ । उक्त मटर सोही गाडीमा राखी लैजादै गर्दा प्रहरी टोलीलाई देखि गाडी छाडी चालक भागेका थिए । बरामद मटरको मुल्य २ लाख ४० हजार बराबर र बोलेरो पिकअप गाडीको १० लाख गरी जम्मा १२ लाख ४० हजार बराबर मुल्य रहेको छ ।
यसैगरी नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको ६ बोरा ( ३ सय किलो) हरियो मटर (केराउ) सहित यु पी ५३ बी भी १२०४ भारतीय नम्बरको मोटरसाईकल र लु ३९ प ३३८४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा न. १२ भटौलियाबाट नियन्त्रण गरिएको छ । उक्त मटरको मुल्य २४ हजार बराबर र २ मोटरसाईकलको १ लाख २० हजार (प्रति मोटरसाईकलको ६० हजार) गरी जम्मा १ लाख ४४ हजार मुल्य बराबर रहेको छ । उक्त मटर मोटरसाईलमा राखि लैजादै गर्दा प्रहरी टोलीलाई देखि मटर र मोटरसाईकल छाडी मानिस भागेका थिए ।
यसैगरी नेपालबाट भारत तर्फ अवैध रुपमा लैजादै गरेको २२ बोरामा ( ७ सय किलो ) ५६ हजार मुल्य बराबरको मटर (केराउ) सिमा प्रहरी चौकी महेशपुरको प्रहरी टोलीले सरावल गाउँपालिका वडा नं.- ६ बड्सारेबाट नियन्त्रण गरेको छ ।नियन्त्रण गरिएको ३१ क्विन्टल (३१ सय किलो ) हरियो मटर, एक बोलेरो पिकअप गाडी र २ वटा मोटरसाईकल समेतलाई आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !