- काठमाडौं ,भदौ २४ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय १८ जना निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ९ सय १८ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।
निको हुनेको यो प्रतिशतमा कुल ६८ दशमलव ८ प्रतिशत हो । त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १५ हजार २५ रहेको छ ।
यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ४ सय ८० रहेको छ । यस्तै होम आइसोलेसनमा रहनेको संख्या ७ हजार ३७ रहेको छ भने ७ हजार ९ सय ८८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ११ हजार ६ सय ६७ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ७ लाख ९९ हजार ३ सय ४१ जनाको पीसीआर परीक्षण भएको छ ।

















