- कपिलवस्तु ,भदौ २४ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
मल र सिचाईको अभावको अभावमा कृषकहरु छटपाईरहेका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रकाश गैरले सरकारले मल र सिंचाईको ब्यवस्था गर्न सरकारसंग माग गरेका छन ।
अ्रन्न भन्डारकारुपमा रहेको कपिलस्तुमा मल र सिंचाई नहुदा कृषकहरु चरम मारमा परेकोले अब सरकारले जसरी पनि मल र सिंचाईको ब्यवस्था गर्न उनले जोडदार माग गरेका हुन । ‘ ‘ कपिलवस्तुमा मल र सिचाइृ नहुदा कृषकहरु समस्यामा परेका छन ’ उनले भने ‘ तर सरकारले अनेक बाहाना गरेर कृषकहरुलाइृ झुक्काइृरहेको छ ’ ।
सप्रीरहेको धान बालीकालागि अहिले युरिया मल र पानी चाहिएको बेला कृषकहरु त्यसबाट बंचित हुनु परेको उनले बताए । सिमित अनुदानको मलमा कृषि सहकारी कै हालीमुहाली रहेको र केही कृषकहरुले भारतबाट एक दुई बोरा मल ल्याउदा समेत सुरक्षाकर्मीले दुःख दिने गरेको उनले बताए । कृषि क्रान्तिको नारा दिने वर्तमान दुइृ तिहाईको सरकारले कृषकको भावना माथी चोट पुर्याएको बताए ।
उनले कृषकहरुलाई तत्कालै मल उपलब्ध गराउनु पर्नेर अन्यथा कृषकहरु आन्दोलनमा उत्रनुको बिकल्प नरहेको उनले बताए । जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । र त्यसकालागि अहिले १० हजार बढी युरिया मल चाहिने कृषकहरु बताउछन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !