- मिर्चैया ,भदौ २४ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
मारुती सिमेन्ट उद्योगको गेट अगाडी धर्नासहित प्रदर्शन भएको छ ।सिमेन्ट उद्योगको गोरखधन्दाविरुद्ध गठित संघर्ष समितिले बुधबार बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना बसेर प्रदर्शन गरेका हुन् ।सयौंको संख्यामा सहभागी प्रदर्शनकारीहरुले प्लेकार्डसहित उद्योगविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
यसअघि सोमबार उनीहरूले मारुती उद्योगको बाहिर प्रदर्शन गरेका थिए ।मारुती सिमेन्ट उद्योगको कब्जामा रहेको साढे तीन बिघा सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने, धुवाँ धुलो नियन्त्रण गरिनुपर्ने तथा रोजगारीमा स्थानीयलाई प्राथमिकता दिनुपर्ने उनीहरूको माग छ ।समितिको आज बस्ने बैठकले आन्दोलनको थप कार्यक्रम सार्वजनिक गर्दैछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !