- बिरगंज ,भदौ २४ गते बुधबार ।।
- जनप्रभाब – केपी यादव
पर्सा जिल्लामा सशस्त्र प्रहरी बल बाहिनी दुई नम्बर प्रदेश प्रमुखको घुमुवा पटेल र वीरगंज भन्सारको घुमुवा बैठाले जिल्लामा अातक मच्चाउदै गरेको समाचार प्राप्त भएको छ।
सशस्त्र प्रहरी हवल्दार बशिष्ट पटेलले तस्करहरु संग डिअाईजी केभी ब्रहम्चार्य र एसपि राजेन्द्र खडकाको नाऊवाट तस्करहरु संग लाखौं महिनवारी असुल्दै अाईरहेको एक जना कारोबारीले नाम नछाप्ने सर्तमा बताएको छ ।
सशस्त्र प्रहरी बल २ नम्बर प्रदेश प्रमुख केभी ब्रहम्चार्या संग बुझदा ऊहाले हामिले कसैलाई पनि घुमुवा परिचालन नगरेको त्यसतो भएकोमा तुरुन्तै कार्याबाहि गर्ने प्रतिबद्धता जनाउनु भयो।
त्यसतै वीरगंज भन्सारमा कार्यरत रहेको सशस्त्र प्रहरी हवल्दार पुर्व डिएसपीको घुमुवा बसेको सुर्दशन बैठा अहिले वीरगंज भन्सारको घुमुवा भई कारोबारीहरु संग लाखौं रुपैया असुल्दै अाएको सर्बसाधारहरुले बताएको छन्।
यी द्वय सशस्त्र प्रहरीको वीरगंज भन्सार , छपकैया, समशानघाट भित्रि ग्रामीण भेगको नाकाहरु अमरपर्टी , प्रसौनी , भिस्वा , टिहुकी , बुढगाईनाका वाट मोटरसाइकल र साईकलमा हार्डवेयर, ईलेक्ट्रोनिक्स पार्ट पुर्जा कपडा नेपालतर्फ भित्रियाईरहेका छन । त्यसैगरी वीरगंज मोटर , मरिच , छोकडको कारोबारीहरु संग डिअाईजि, एसपी , ईन्सपेकटरको नाममा पैसा असुली गर्दै आएका सर्वसाधारणले बताएका छन्।
सशस्त्र प्रहरी बल बाहिनीवाट खटने प्रहरी हवल्दार पर्सा बारा , रौटहत सम्म डिअाईजिको नाऊवाट तस्करीको रकम असुलने गरेका छन। भने, त्यसै वीरगंज भन्सारवाट खटने सशस्त्र प्रहरी हवल्दार सुर्दशन बैठाले नगवा, ईनर्वागाउ, भन्सार, छपकैया, छोकडा, मरिच, कुखुराको चल्ला र अमरपट्टी, प्रसौनी भाट्टाको सिमावर्ती नाकाबाट भैसीको तस्करी गर्ने टिहुकी , बुढगाईको व्यापारीहरु संग महिनावारी लिने गरेको छ ।
सशस्त्र प्रहरी बल १३ नम्वर गणको सशस्त्र प्रमुख प्रहरी उपरीक्षक खडका संग यस बिषयमा बुझडा मैले कुनै पनि किसिमको घुमुवा प्रहरी परिचालन नगरेको बताउनुभयो ।यदि त्यसतो भएकोमा हामिले त्यो प्रहरीलाई कार्याबाहि गर्ने बताए।

