- नयाँदिल्ली ,भदौ २३ गते मंगलवार ।।
- जनप्रभाब – भारत ब्यूरो
बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्ती अन्तत: पक्राउ परेकी छन् । लागू औषद प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई पक्राउ गरेको छ ।
यसअघि उनीसँग तीन पटकसम्म सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स प्रयोग गर्दै आएको बयान दिएकी थिइन्। सोही बयानका आधारमा उनलाई पक्राउ गरेको हो। पक्राउ परेकी रियाको कोभिड-१९ परीक्षण गरिनेछ।
एनसीबीले ड्रग्स प्रयोग गर्ने २५ बलिउडकर्मीको लिस्ट तयार पारेको छ। यसअघि उनका भाई शौविकलाई पनि एनसीबीले पक्राउ गरेको थियो।
उनले रियालाई ड्रग्स किनेर दिने गरेको बयान दिएका थिए। सोही आधारमा एनसीबीले रियामाथि अनुसन्धान थालेको थियो। त्यस्तै सुशान्तका पूर्व सहयोगसहित ७ जनालाई समेत पक्राउ गरेको छ।
सुशान्तले १४ जुनमा आत्महत्या गरेको थिए। उनको आत्महत्याको कारण ड्रग्स प्रयोग गर्नु रहेको भन्दै एनसीबीले छानबिन थालेको हो।
फेसबुकबाट तपाईको प्रतिक्रिया !