- गुल्मी ,भदौ २३ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
गुल्मी प्रहरी प्रमुख प्रहरी उपरिक्षक ( एसपी ) प्रविणलाल श्रेष्ठले जिल्लाका पत्रकारसँग परिचयात्मक कार्यक्रम गरेका छन् । केहि दिन अघि सरुवा भएर गुल्मी आएका श्रेष्ठले जिल्ला स्थित बिभिन्न सञ्चार माध्यममा काम गर्ने पत्रकारहरुसँग जिल्लाको वस्तु स्थितीको बारेमा जानकारी लिएका थिए ।
भेटघाट जिल्लालाई शान्ति सुरक्षाका लागि आफु सधैँ तत्पर रहने बताए। उनले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा पत्रकारहरुको सहयोगको अपेक्षा गरेको बताए । प्रहरी उपरिक्षक श्रेष्ठले पत्रकारसँग जिल्लाको समयसामयिक बिषयमा जानकारी लिएका थिए । पत्रकारहरुले जिल्लामा आत्माहत्या गर्ने क्रम दिनानुदिन वढ्दै गएकाले यसवारेमा जनचेतना मुलक कार्यक्रमहरु आबश्यक रहेको बताएका थिए । भेटघाट कार्यक्रममा जिल्लामा रहेका विभिन्न संञ्चार माध्यममा आवद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।
यस अघिका एसपी राजेन्द्रसिंह खड्काको सरुवा भएपछि नयाँ प्रमुखमा एसपी श्रेष्ठ आएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !