- नयाँदिल्ली ,भदौ २३ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
भारतका प्रमुख राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग नेपालका लागि दिल्लीका राजदुत निलाम्बर आचार्यको महिनौ लामो प्रयास पछि बल्ल भेटवार्ता भएको छ । शुक्रबार दुई पक्षका बीचमा झण्डै आधा घण्टा कुराकानी भएको राजदुत आचार्यले पुष्टि गरेका छन् । डोभलको कार्यलयमा दुई पक्षबीच वार्ता भएको भएपनि त्यसमा भएका छलफलका विषयमा राजदुत आचार्यले खुलाउन चाहेका छैनन् । उनले यत्तिमात्रै भनेका छन्, ‘नेपाल र भारत सम्बन्धका सबै पक्षमा छलफल भयो ।’
भारतले नेपालको कालापानी लिम्पियाधुरा क्षेत्रमा जर्बजस्ती सडक मार्ग खोल्ने काम गरेपछि दुई पक्षका बीचमा सम्बन्धमा दरार पैदा भएको थियो । नेपालले त्यसपछि द्धिपक्षिय वार्ताबाट सीमामा देखिएको तनाव सुल्झाउन अनेक पटक वार्ताको प्रयास गरेपनि भारतीय पक्ष तयार नहुँदा सम्वाद हुन सकेको छैन् । डोभल र राजदुत आचार्यबीचको छलफलमा दुई देशका मन्त्रीस्तरको भ्रमण पहिले गराउने र त्यसबाट विकसित राजनीतिक घटनाक्रमका बारेमा सम्बन्ध सुधार हुदैं सिमा समस्यामा केन्द्रीत रहेर छलफलको वातावरण बनाउने तयारीमा केन्द्रीत रहेर छलफल भएको बताइन्छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !