Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

मिर्चैया नगरपालिकाको अनियमितता विरुद्ध सर्वदलीय आन्दोलन घोषणा

  • मिर्चैया ,भदौ २३ गते मंगलवार ।।
  • जनप्रभाब – बिनय कुमार यादव

सिरहाको मिर्चैया नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै स्थानीय राजनीतिक दलहरुले त्यसविरुद्ध सर्वदलीय रुपमा आन्दोलनको घोषणा गरेको छ ।

विभिन्न राजनीतिक दलका स्थानीय नेताहरुले नगरपालिकाविरुद्ध सर्वदलीय रुपमा आन्दोलनमा उत्रिने घोषणा गरेका हुन् । सर्वदलीय संयुक्त संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै गर्न लागेको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

संघर्ष समितिले भाद्र २६ गते मिर्चैयामा र्याली प्रदर्शन, २८ भाद्रमा राघोपुरमा नगरपालिकाको गतिविधिबारे विषेश चर्चा र असोज २ मा आन्दोलनको समिक्षा गर्दै आउने दिनको आन्दोलनका प्रारुप तय गर्ने जारी प्रेस विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवको निर्देशनमा नगरपालिकाले नियमित रुपमा सार्वजनिक गर्नुपर्ने सूचनाहरु लुकाएर चरम भ्रष्टाचार गरिरहेको आरोप उनीहरुको छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै मेयर यादवले आफू अनूकुल नीति, नियम तथा ऐनलाई अपव्यख्या गरेर भ्रष्टाचार गर्ने गरेको उनीहरुले बताए ।

योजना संचालन हुने स्थानका उपभोक्ताको प्रत्यक्ष सहभागीतामा उपभोक्ता समिति गठन गर्ने प्रावधान छ । तर, मेयर यादवले त्यसलाई बेवास्ता गर्दै अधिकांश योजनाका उपभोक्ता समितिमा अन्य ठाउँका आफू अनूकुलका व्यक्तिहरुलाई राखेर मोटो रकम नजराना असुल्ने गरेको उनीहरुको आरोप छ ।

नगरपालिकाबाट संचालन भएको योजनाहरुको विस्तृत विवरण सहितको जानकारी लिन लिखित निवेदन दिएर पटकपटक ताकेता गर्दा पनि बनावटी कारण देखाएर मेयर यादवले समय टार्दै आएको तत्कालिन राजपाका नगरध्यक्ष अंजय कुमार साहले बताए । सूचना दियो भने मेयरले गरेको भ्रष्टाचारको पोल खुल्ने भएर सार्वजनिक गर्नुपर्ने सूचनाहरु समेत लुकाउन लागी परेको उनको ठम्याई छ ।

नगरपालिकाको कर्मचारीहरु मध्ये अधिकांश मेयरको आफन्त, कार्यकर्ता र आसेपासे नै रहेको उनीहरुको दाबी छ । पदिय मर्यादालाई दुरुपयोग गर्दै पहुँचको भरमा भ्रष्टाचार गर्ने नियतले अरु ठाउँबाट आफ्ना आफन्तलाई सरुवा गराएर नगरपालिकामा ल्याएको उनीहरुले बताए ।

‘मेयर हुनुभन्दा अगाडि उहाँ मोहन माविको अध्यक्ष थियो,’ नेकपाका प्रदिप महासेठले भने, ‘त्यो बेला विद्यालयमा गरेको अनियमितता ढाकछोप गर्न मर्यादालाई बिर्सेर गैर अभिभावकको बलमा मेयर श्रवण यादव आफै व्यवस्थापन समितिको अध्यक्ष बनेको छ ।’ विद्यालय व्यवस्थापन समितिलाई नै निर्माण समितिमा परिणत गरेर विद्यालयमा चरम भ्रष्टाचार गर्दै आएको उनको दाबी छ ।

नगरक्षेत्र भित्रको सार्वजनिक जग्गा व्यक्तिको नाउँमा तथा मेयरले अनुचित लाभ लिनु, मोहन माविको जग्गालाई व्यक्तगत रुपमा प्रयोग गर्नु, आफ्ना नजिकका व्यक्तिलाई उपभोक्ता समितिमा राखेर सो काम पेटीमा ठेकेदारलाई दिनु लगायतका गतिविधिबाट मेयरको भ्रष्टाचारी नीति प्रष्ट भइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रामप्रताप साहले दाबी गरेका छन् ।

पारदर्शीताको लागि आवाज उठाउँदा मेयर यादवले विपक्षीलाई अनावश्यक दुःख दिने काम गरिरहेको कांग्रेसका नगर सभापति रमेश न्यौपानेको गुनासो छ । सरकारी बजेटलाई मेयर यादवले आफ्नो निजी झैँ ठानेको नेकपाका जीवछ साह बताउँछन् ।

स्थानीय सरकार आएपछि विकास र परिवर्तन हुनुपर्नेमा यहाँका नेतृत्वको गैर जिम्मेवारपन पाराले यो नगरपालिका झन पछि पर्दै गएको जसपाका रामेश्वर यादवको भनाई छ । मिर्चैया नगरपालिकामा लोकतन्त्रमा पनि राजतन्त्र जस्तो दृश्य मेयर यादवले सिर्जना गरेको तरुण दलका क्षेत्रीय सभापति धनेश्वर यादवले बताए ।

नगरपालिकाको नेतृत्व नसच्चिए अब चुप नबस्ने जनमत पार्टी निकट स्थानीय युवा रुकेश साहको चेतावनी छ । मिर्चैया नगरपालिकाका मेयरले गर्ने गरेको नियम विपरितका कार्यलाई रोक्न तथा सच्चयाउनका लागि सर्वदलिय रुपमा पहिलो चरणको आन्दोलनका कार्यक्रम मार्फत् सांकेतिक दबाव मात्र दिएको भन्दै यसलाई बेवास्ता गर्दै अघि बढ्ने प्रयास मेयरबाट भइरहेमा भिषण आन्दोलन हुने उनीहरुको चेतावनी छ ।

यता, नगरपालिकाका मेयर श्रवण यादवले भने कोभिड–१९ को बढ्दो संक्रमणको मौका छोपेर विपक्षीहरुले चुनावी हारको इख साध्न खोजेको प्रतिक्रिया दिएका छन् । उनले आन्दोलनकारी पक्षको भनाई र आरोपमा कुनै सत्यता नभएको बताए ।

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
जनप्रभाबन्युज विशेष

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा

2 months पहिले
विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ
जनप्रभाबन्युज विशेष

विभिन्न कारागारबाट भागेका तीन जना कैदिबन्दी सिरहाको भारतीय सीमाक्षेत्रबाट पक्राउ

3 months पहिले
कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान
जनप्रभाबन्युज विशेष

कुलिङ पिरियडबारे सभापति खतिवडाको राजीनामाले मात्र हुँदैन : सांसद प्रधान

4 months पहिले
नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक
जनप्रभाबन्युज विशेष

नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री लेखक

4 months पहिले
मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै
जनप्रभाबन्युज विशेष

मधेस प्रदेश प्रहरीको भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली जनकपुर आउँदै

4 months पहिले
कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए
जनप्रभाबन्युज विशेष

कारागार व्यवस्थापन विभागका महानिर्देशक फेरिए

4 months पहिले

ताजा समाचार

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh