- धनुषा ,भदौ २२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
वाढीले बगाएर ल्याएको काठको विषयमा विवाद हुँदा प्रहरी निरिक्षक र प्रहरी हव्लदार घाईते भएका छन ।
वटेशवर गाउँपालिका ५ शान्तिपुर मुसरीटोल स्थित राती करिब साढे १० वजे स १ त ६०४० नम्बरको ट्रक्टरमा वाढीले बगाएर ल्याएको काठ ओसारी रहेको खवर पाउन साथ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक दिपक कुमार राईको कमान्डमा गएको टोली माथी स्थानियहरुले आक्रमण गरेका छन ।
काठलोड ट्रक्टर आफनो नियन्त्रणमा लिई फर्किने क्रममा करिब ६०–७० जानाको समुहमा आएका स्थानियहरुले ढुङ्गामुढा गर्न थालेपछि प्रहरी निरिक्षक दिपक कुमार राईको आखाँमा गम्भीर चोट लागेको छ भने प्रहरी जवान राम विश्वास पंडितलाई टाउकोको पछाडी भागमा फुटेको छ ।
प्रतिकारबाट घाईते प्रहरी निरिक्षक र प्रहरी जवानको महेन्द्रनगर स्थित हेल्थ केयरमा उपचार भईरहेको छ । काठलोड ट्रक्टर इलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा राखिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !