- काठमाडौं ,भदौ २२ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
घोराही उपमहानगरपालिका–४ मा रहेको कृत्रिम जलासयमा नुहाउने क्रममा एक जना युवक बेपत्ता भए । अहिलेसम्म उनि भेटिएका छैनन् ।
घोराही उपमहानगरपालिका–४ को भकारेमा रहेको कमिरे ड्याममा आइतवार दिउँसो नुहाउने क्रममा घोराही–४ निवासी २३ बर्षीय गोपाल विक बेपत्ता भएको घण्टाैसम्म नभेटिएपछि गोताखोर मगाएर खोज्ने कार्य सुरु हुने जिल्ला प्रहरि कार्यालय दाङले जनाएको छ ।करिव दिउँसो दुई बजेतिर पोखरीमा नुहाउने क्रममा बेपत्ता भएका ती युवकको हालसम्म नभेटिएकाले खोजी कार्य तिब्र पारीएको छ ।पोखरी नजिकै मैदानमा फुटवल खेल्ने क्रममा गर्मी भएपछि पोखरीमा नुहाउन पुगेका सुनार पौडी खेल्ने क्रममा पोखरीमा डुवेर बेपत्ता भए । केही महिना अघि घोराही उपमहानगरपालिका–१७ मा रहेको कृत्रिम जलासयमा पनि एक युवकको डुवेर मृत्यु भएको थियो । समयमै तारबार नहुदा हालसम्म ७ जनाको ज्यान गइसकेको छ ।एक जना युबक अहिले पनि बेपत्ता नै छन्। जिल्ला प्रसासन कार्यालय दाङका अनुसार घोराही १७ गुलरियामा रहेको कृतिम तालमा डुबेर २ जना, घोराही १८ मसिनाको तालमा डुबेर ४ जना, घोराही १६ बाहुनडाडा नजिकैको तालमा १ जना गरेर ७ जनाको मृत्यु भइसकेको छ । अहिले समयमै तारबार नहुदा यस्ताखाले दुर्घटना हुने गरेको र सम्बन्धित स्थानीय तहले कृतिम ताल बनाउदा यो कुरामा ध्यान दिनुपर्ने नागरिकस्तरबाट आवाज उठ्न थालेको छ । घोराही उपमहानगरले अहिले बहुउपयोगिकोरुपमा ताल बनाउने अभियान तिब्ररुपमा चलाएपनि त्यो अनुसारको सुरक्षित बनाउने अभियान नेताको र जनप्रतिनिधिको नारा जस्तै बनेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !