- अर्घाखाँची,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलबाट जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निरीक्षण भ्रमण सम्पन्न भएको छ ।
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालयमा रहेको कन्ट्रोल रुम, अपराध अनुसन्धान शाखा, हिरासत कक्ष, थुनुवाको अवस्था, , प्रशासन शाखा, प्रहरी विशेष तथा कार्य शाखा समेतको निरीक्षण अवलोकन गर्नु भएको थियो ।
साथै जिल्ला प्रहरी कार्यालयको सम्पुर्ण अवस्था एवम् मातहत प्रहरी युनिटहरुको अवस्थाको वारेमा यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले प्रस्तुतिकरण दिनुका साथै प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले यस कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !