- सर्लाही ,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
इलाका प्रहरी कार्यालय बरथवहा, सर्लाहीले विभिन्न स्थानबाट संकलित अवैध घरेलु मदिरा नष्ट गरेको छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा बरामद गरेको १० हजार लिटर मदिरा प्रहरीले नष्ट गरेको छ ।कोरोना भाइरसको जोखिमावस्थामा लागु गरिएको बन्दाबन्दीको समयमा अटेर गरी सर्लाही बसबरिया गाउँपालिका–१ र धनकौल गाउँपालिका– ३ स्थितमा मानिसहरुले अवैध रुपमा उत्पादन गरेर राखेको मदिरा नष्ट गरिएको डीएसपी उद्धव सिंह भाटले जानकारी दिए ।
तयारी अवस्थाको १० हजार लिटरभन्दा बढी अवैध घरेलु मदिरा बरामद गरेर नष्ट गरिएको डीएसपी भाटले जानकारी दिए । उनले भने, ‘मदिरासहित प्लाष्टिकको ४७ थान ड्रम, २ थान हण्डी, सिलिण्डरलगायतहरु सामानहरु पनि बरामद भएको छ ।’डीएसपी भाटका अनुसार घरेलु मदिरा बिक्रीवितरण गर्ने जोकोहीलाई पनि कानुनको दायरामा ल्याइ कारवाही गरिनेछ ।भारतको बिहारमा मदिरा निषेध भएकोले नेपालबाट सिमापारी अवैध घरेलु मदिरा तस्करी हुने गरेको एक स्थानीयले बताए ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय तहका जनप्रतिनिधिको सक्रियतामा विभिन्न स्थानबाट अवैध घरेलु मदिरा बरामद गरिएको प्रहरीको भनाइ छ ।मदिरासहित बरामद गरिएका भाँडाकुडा प्रहरी कार्यालयमै राखिएको छ । डीएसपी भाटले पहिलोपटक सचेत गराउने र दोस्रोपटक अवैध मदिरा उत्पादन गरेको पाइएमा सङ्कलित प्रमाणसहित आन्तरिक राजश्व कार्यालयमा पठाइने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !