- चितवन ,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
चितवन जिल्लाको मालपोत तथा नापी कार्यालयहरुमा ब्यापक अनियमितता हुने गरेको पाईएको छ ।
मालपोत कार्यालय प्रमुख गुरुप्रसाद पौडेलले आफु ओभानो बन्नलाई सेकेन्ड म्यानलाई जिम्मेवारी दिए जस्तो गर्दै लुट मच्चाएको समाचार स्रोतले जनाएको छ ।
पौडेलको कमाउ धन्दामा मालपोत अधिकृत हेम कुमार तिमिल्सिना र लेखा अधिकृत हरिहर तिवारीले समेत खुलेरै साथ दिनु पछाडिको रहस्यका बारेमा पनि अनुसन्धान हुनुपर्ने माग उठेको छ ।
बेथितिका विषयमा चितवन जिल्ला प्रसाशन कडा रुपमा प्रस्तुत भएपछि प्लटिंगका भु माफियाहरु दिनभर होटेलमा बसेर कागजात तयार पार्ने र कार्यालय समय सकिएपछि ढोका लगाएर कित्ता काट गर्ने गरेको स्रोतले जनाएको छ ।
लकडाउनको समयमा समेत रकम मोलमोलाई मिलेपछि भित्रभित्रै कार्यलयको काम नियमित हुदै आएको पिडितहरुले बताएका छन् । पछिल्लो समय एक जनालाई कोरोना भाइरस संक्रमण देखिएपछि एक हप्ताका लागि कार्यलयनै बन्द गरेर सबै कर्मचारीहरु होम क्वारेन्टाइनमा बसेका छन् ।
जबकी ५,६ जना कर्मचारीले सेवा दिदै आएको अबस्थामा एक जनालाई संक्रमण देखिएर कार्यलयनै लामो समय बन्द गर्न नहुने सेवाग्राहीहरुको धारणा छ ।
यस अघि अनियमितता बढेको व्यापक गुनासाहरु बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले पत्रनै पठाएर गलत काम रोक्न निर्देशन सहित हालसम्मको मालपोत तथा नापीबाट भएको अंशवन्डा र कित्ताकाटको फाईल विवरण माग गरेको थियो।
नेपाल सरकार मन्त्रिस्तरीय निर्णयले यस अघि अंश बन्डा बाहेक कित्ता काट गर्न नपाईने निर्णय गरेको थियो । त्यो निर्णयको गलत प्रयोग गरी कर्मचारीको मिलेमतोमा भु माफियाहरुले ब्यापक चलखेल गरी प्लटिंगको जग्गालाई परिवारको नाममा अंशबन्डा गरि बिक्री गर्ने लगायतका काम गरेपछि प्रशासन कार्यालयले त्यस्तो गतिबिधि रोक्न कडा रुपमा प्रस्तुत भएको थियो ।
मालपोत कार्यलयलाई गलत काम नगर्न भनेको र अब पनि नसच्चिए कडा कारबाही हुने गरि खबरदारी भइसकेको छ । तर पनि स्थानिय प्रशासनको आँखा छोपी भित्रभित्रै धन्दा भने मौलाएको छ ।
कार्यालयको पत्रपछि मालपोत तथा नापी कार्यालयहरुमा सेवाग्राहीको संख्या ९० प्रतिशतले घटेको छ । लेखापढि व्यवसायीहरुका अनुसार प्रशासनको पत्रपछाडी कर्मचारीहरुमा छटपटी आएको थियो ।
हाकिमको मिलेमतोमा केहि सिमित कर्मचारी र जग्गा व्यवसायी बसेर भित्रभित्रै काम गर्ने गरेको स्रोतले जनाएको छ । सधै खचाखच हुने कार्यालय लकडाउनका कारण पनि यतिबेला सुनसान छ । तर भित्र भित्रै पहुँचवालाहरुले काम गरिरहेका छन् उनीहरुले भने ।abhiyantimes
