- काठमाडौं ,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
उपत्यकामा शुक्रबार थप ६१ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
महानगरीय प्रहरी कार्यालयका अनुसार काठमाडौं प्रहरी परिसरका १५, ट्राफिक महाशाखाका १५, महानगरीय प्रहरी कार्यालयका १३ र ललितपुर परिसर र सातदोबाटो वृत्तका १८ जनामा कोरोना संक्रमण देखिएको छ।
यो सँगै झण्डै २१ सय प्रहरीमा कोरोना संक्रमण देखिएको छ। यसअघि २ हजार ३२ प्रहरीमा संक्रमण पुष्टि भइसकेको प्रहरी प्रवक्ता कुबेर कडायतले बताए। तीमध्ये १ हजार २ सय १२ जना आइसोलेसनमा छन्। ८ सय २० जना भने निको भएर ड्युटीमा फर्किसकेका छन्।
संक्रमितलाई आइसोलेसनमा र कन्ट्याक्ट टे«सिङमा परेका प्रहरीलाई क्वारेन्टिनमा राखिएको प्रवक्ता कडायतले बताए। संक्रमितको संख्या बढिरहेको भएपनि निको भएर काममा फर्किएकाले अहिले नै जनशक्ति अभाव नरहेको प्रधान कार्यालयले जनाएको छ।
उपत्यकामा संक्रमण बढ्दै गए र जनशक्ति अभावको अवस्था भए बाहिरका गणबाट ल्याउन सकिने बताउँदै अहिले भने प्रधान कार्यालयकै जनशक्ति जगेडामा रहेको बताए।
फेसबुकबाट तपाईको प्रतिक्रिया !