- चितवन ,भदौ २१ गते आइतबार ।।
- जनप्रभाब – सम्बादाता
चितवनमा व्यवसायीहरुलाई सामाजिक दुरी र सुरक्षा मापदण्ड कायम गरी व्यापार व्यवसाय सञ्चालन अनुरोध गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले हिजो (शुक्रवार) बसेको जिल्ला सुरक्षा समितिको आदेश बमोजिम सञ्चालन गर्न भनिएका व्यवसायीहरुलाई सामाजिक दुरी कायम गरी व्यवसाय सञ्चालन गर्न अनुरोध गरेको छ।
साथै व्यवसाय गर्दा एकपटकमा बढिमा पाँच जना भन्दा बढि ग्राहकलाई प्रवेश नगराउनको लागि जिल्ला प्रहरी कार्यलय चितवनले अनुरोध गरेको छ । “जिल्लामा सञ्चालन गर्न भनिएका व्यापारीक संस्था पसलहरुले न्युनतम कर्मचारी मात्र राख्नुपर्छ । ”जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक नान्तिराज गुरुङले जारी गरेको विज्ञप्तीमा लेखिएको छ, “व्यापारिक संस्था, पसलहरुको खुल्ला क्षेत्र हेरेर सामाजिक दुरी कायम हुने गरी एक पटकमा बढिमा ५ जना ग्राहकमात्र प्रबेश गराउनुहोस् ।”
डिपार्टमेन्ट स्टोर र फेन्सी पसलहरुले रेडिमेड गार्मेण्टको ट्रायल गर्न ट्रायल रूम प्रयोग नगराउनको लागि गुरुङले व्यवसायीलाई अनुरोध गर्नुभएको छ ।
सरकारी कार्यालयका सेवाग्राहीहरुले प्रायोजन खुलेको वडा कार्यालयको सिफारिसका आधारमा आवतजावत गर्न दिने प्रहरीले जानकारी दिएको छ । सम्भव भएसम्म सवारी साधानको प्रयोग नगर्न समेत अनुरोध गरिएको छ । सरकारी कार्यालयमा न्यूनतम कर्मचारी राखेर सेवा सञ्चानल गर्न जिल्ला प्रशासन कार्यालय चितवनले निर्देशन दिएको छ ।
जिल्ला सुरक्षा समितिको हिजो(शुक्रवार) बसेको बैठकले हरेक दिन १० बजेदेखि ४ बजेसम्म बैंक तथा वित्तिय संस्था, किराना पसल, निर्माण समाग्री, कपडा पसल, बिजुली पसल, भाडाकुँडाका पसलहरु सञ्चालन गर्न छुट दिने निर्णय गरेको थियो । चितवनमा निषेधाज्ञा भदौ ३१ गते सम्मका लागि तोकिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !