Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

सबैले मलाई हानेनन्, केहीले छाड्दे मर्छ, नकुट भनेर छुट्टाएपछि म बाँचेँ

  • काठमाडौं ,भदौ १९ गते शुक्रबार ।।
  • जनप्रभाब – सम्बादाता

रातो मत्स्येन्द्रनाथ रथयात्राबारे सरकार गम्भीर नभएको भन्दै पाटनबासीले बिहीबार बिहानैदेखि पुल्चोकमा प्रदर्शनमा गरिरहेका थिए।

निषेधाज्ञा उल्लंघन गर्दै भेला भएका उनीहरूले आफैं रथ तानेर दिउँसाे १ बजे अगाडि पुल्चोकबाट धमाःफल्चा पाटीसम्म पुर्‍याए।

उपत्यकाका तीनै जिल्ला प्रशासनले यतिखेर कोरोना संक्रमण नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्दै भिडभाड र भेला गर्न रोक लगाइरहेका छ। तर, मत्स्येन्द्रनाथ जात्राको सरोकार सांस्कृतिक बाजागाजा गर्नुसँग मात्र नभएर रथ ६/६ महिना बुङ्मती र पाटनमा राख्ने परम्परा रहेको भन्दै उनीहरुले संस्कृति मास्न नपाइने भन्दै नारावाजी लेखिएका प्लेकार्ड बोकेका थिए।

असोज २ गतेबाट एकमहिने मलमास भएकाले रथयात्रा गर्न मिल्दैन। मलमास सकिएको चार दिनपछि दसैं सुरु हुन्छ। दसैंमा बुङ्मतीमा मत्स्येन्द्रनाथको विशेष पूजा गर्नुपर्छ। तर, यता बाधक बन्याे काेराेना। यसै कारण जम्मा भएकाे भिडले जसरी भएपनि रथ तान्न दिनुपर्ने माग गरिरहेका थिए।

दिउँसो १ बजेपछि अवस्था तनावपूर्ण बन्दै गयो। सो क्षेत्रमा प्रहरीको परिचालन बाक्लिँदै गएपछि युवाहरु आक्रमक देखिएका थिए।

उनीहरुलाई रोक्न प्रहरीले सम्झाइबुजाई गरिरहेको थियो। तर, नमानेपछि प्रहरीललाई जिल्ला प्रशासन कार्यालयको भिड नियन्त्रण गर्न वाटर क्यानन प्रयोग गर्न निर्देशन दियो। वाटर क्यानन देखेपछि आक्रोशित युवाहरुले ढुंगामुडा गरे।

त्यसक्रममा वाटर क्याननसमेत तोडफोड भयो । अवस्था सामान्य नहुने देखेपछि प्रहरीले पानीको फोहराले हान्दै युवाहरूलाई लखेट्यो। त्यसक्रममा केही राउण्ड अश्रुग्यास पनि प्रहार गरिएको थियो।

प्रहरीलाई लखेटेपछि पुल्चोकमा सशस्त्र प्रहरी पनि परिचालित भयो। केहीबेरपछि प्रदर्शनकारी साम्य भए।

तर, बेलुका ४ बजेपछि स्थानीय युवाहरु र प्रहरीबीच पुनः झडप भयो। झडपमा केही प्रहरी, पत्रकार तथा युवाहरु घाइते भए। स्थिति असहज हुँदै गएपछि प्रहरीले भीडलाई तितरबितर पार्न पानीको फोहोरा र अश्रुग्यास पुनः हान्यो।

त्यहाँबाट तितरबितर भएको टोली ललितपुर महानगरपालिकाको पछाडिपट्टि रहेको नटोल पुग्यो।

त्यहाँ ट्राफिक प्रहरी प्रभाग मंगलबजारका केही जवानहरुले रथ ल्याउनेहरूको भीडभाड बढिरहेको भन्दै सवारीसाधन पास गराएर बसिरहेका थिए।

ट्राफिक प्रहरीले जउलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई डाइभर्ट गरिरहेको थियो।

त्यहीँ थिए प्रहरी सहायक निरीक्षक कृष्ण घलान र प्रहरी जवान कमलप्रसाद घिमिरे।

उनी नटोल छेउमा बसेर पुल्चोकबाट सवारीसाधनलाई आउन नदिएर डाइभर्ट गराउँदै थिए। यता मंगलबजारबाट आउने सवारीलाई पनि रोक्दै थिए। त्यसैका लागि अगाडि बढेका असई घलान र घिमिरेले अचानक अगाडिबाट आएको ठूलो भीड देखे।

उनीहरु भिड देखेर आतिए। अब मार्छन् कि के हो भन्ने ठानेर असई घलान र घिमिरे भाग्न थाले। यता ट्राफिकहरु भाग्न थालेको देखेर प्रदर्शनकारीहरुले समात समात् भन्न थाले। केही बेरमै समातिए असई धलान।

असई घलानले एक मुक्का खाए। उनी रन्थनिएर भागे। तर, सिन्धुली दुधौली नगरपालिका ४ घर भएका घिमिरे उनीहरुबाट उम्कन सकेनन्।

घिमिरे बा २ ब ७२४२ नम्बरको सरकारी मोटरसाइकल ‘स्टार्ट’ गर्दै थिए। उनलाई पछाडिबाट समाते। उनको पोशाक च्यातियो र उनी त्यहीँ लडे।

उनलाई ८–१० जना भएर लडाएर कुट्न थाले, जुन भिडियो अहिले समाजिक सञ्जालमा भाइरल बनेको छ।

उनले हेल्मेट लगाएका थिए। उनको मोटसाइलबाट थुतेर लछारपछार गर्दै मुक्का प्रहार गरे। कसैले हेल्मेटमाथि इँट्टा, कसैले जीउमा मुक्का, लात्ती प्रहार गरे।

गत मंसिरदेखि मंगलबजारको ड्युटीमा खटिएका घिमिरेकाे रथ रोक्नमा कुनै भूमिका नै थिएन। उनी बिहानैदेखि ड्युटीमा खटिएका थिए सवारी व्यवस्थपनका लागि।

त्यहीँ पनि युवाहरूको आक्रोशको सिकार भए भए घिमिरे। कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे। उनलाई नियन्त्रणमा लिएर ७/८ सय मिटर परसम्म लगे। त्यहीँ जोगाउने समूहको मद्दतका कारण उनी बच्न सफल भए।

कसैले कुटपिट गरहेका बीचबाट उनलाई जोगाउन पनि खोजे। त्यही जोगाउने समूहको मद्दतका कारण अप्रिय घटना हुन पाएन।

‘सबैले मलाई हानेनन्। केहीले मलाई छाड्दे मर्छ, नकुट भनेर छुट्टाए। पछि एक जना दाइले मलाई अंगाल्दै भाग्न मद्दत गरे, तर कुटाइले गर्दा होला मेरो शरीर कमजोर भएको थियो र म अन्य प्रहरीहरूको बीचमा पुग्नै लाग्दा ढलेँ’, उनले भने।

यता उनले चलाउँदै आएको मोटरसाइकलमा भने आगो लगाइएको थियो। बोक्दै आएको मोबाइल हराएको छ। उनलाई जसोतसो प्रहरीको टोलीले उद्धार गर्‍यो।

अहिले उनको अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको शरीरमा चोट लागेको छ। टाउको, हातखुट्टा, ढाड र छातिमा गहिरो चोट छ।

‘जीउमा साधारण चोटपटक छ,’ उनले भने, ‘टाउको भने अत्याधिक दुखेको महशुस भएको छ।’

उनको टाउकोको सिटिस्क्यान समेत गरिएको महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम ढकालले जानकारी दिए।

‘टाउको अत्याधिक दुख्यो भनेपछि हामीले सिटिस्क्यान गरायौं,’ उनले भने, ‘आतिनुपर्ने स्थिति छैन, रिपोर्ट सामान्य देखिएको छ।’

घिमिरेलाई अहिले अब्जरबेसनमा राखिएको छ। ‘ केही समस्या होला भनेर चिकित्सकले आज अस्पतालमै बस्न सुझाव दिएका छन्। शुक्रबार उनी डिस्चार्ज हुनेछन्,’ एसएसपी ढकालले भने।

उनले सामाजिक सञ्जालमार्फत प्राप्त भएको भिडियोको आधारमा कुटपिटमा संलग्नहरुको पहिचान गरिरहेको बताएका छन्। दीप सुवेदी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल
जनप्रभाबन्युज विशेष

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने
जनप्रभाबन्युज विशेष

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्
जनप्रभाबन्युज विशेष

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

ताजा समाचार

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 weeks पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

2 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

2 months पहिले
कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

कानूनमन्त्री सिन्हालाई लिएर कांग्रेस कार्यालयमा पुगे सञ्चारमन्त्री जगदीश खरेल

2 months पहिले
कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

कक्षा १२ परीक्षा फाराम खुल्यो, पुस मसान्तभित्र शुल्क बुझाउनुपर्ने

2 months पहिले
रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

रविलक्ष्मी चित्रकारको माग- जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्

2 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh