- काठमाडौं ,भदौ १८ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना महामारीका कारण अष्ट्रेलियाको तीन दशकदेखिको आर्थिक बृद्धि रोकिएको छ । ताजा तथ्याङ्क अनुसार यस वर्षको दोस्रो क्वार्टरमा अष्ट्रेलियाको अर्थव्यवस्थामा सात प्रतिशतले गिरावट आएको छ ।
यस अगाडि पहिलो क्वार्टरमा ०.३ प्रतिशत मात्रै गिरावट आएको थियो । अष्ट्रेलियाको अर्थव्यवस्थामा सन् १९५९ पछि यो सबै भन्दा ठूलो गिरावट हो ।
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन
लगातार दोस्रो क्वार्टरसम्म अर्थव्यवस्थामा भारी गिरावट आउनुलाई मन्दी भनिन्छ । अष्ट्रेलिया मात्रै यस्तो एक देश हो, जुन सन् २००८ को ग्लोबल आर्थिक मन्दीबाट बचेको थियो ।
जसको मुख्य कारण चीनमा अष्ट्रेलियाको प्राकृतिक श्रोतहरुको ठूलो माग बताइएको छ । तर, यो वर्ष भने वर्षको सुरुवातमै जंगलमा भीषण आगलागी भयो, त्यसपछि कोरोना भाइरसको सुरुवाती प्रभावले अष्ट्रेलियाको अर्थव्यवस्थामा ठूलो नोक्सान गरेको थियो ।
यसका साथै कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लागू भएको लकडाउनका कारण पूरै अष्ट्रेलिया बन्द रह्यो, जसको कारण अर्थव्यवस्थाको हालत खराब बन्दै गएको बताइएको छ । त्यहाँको सरकार र सेन्ट्रल बैंकले उठाएका कदमहरुले पनि खासै काम गर्न नसकेको बताइएको छ ।
वस्तु तथा सेवाहरुमा खर्च निकै कम भएको कारण अष्ट्रेलियामा पछिल्लो ६१ वर्षमै सबै भन्दा खराब आर्थिक मन्दी भएको जनाइएको छ । अष्ट्रेलियामा अन्तिम पटक सन् १९९० को मध्यबाट सुरु भएको खराब आर्थिक मन्दी १९९१ को अन्त्यसम्म चलेको थियो । (बीबीसीको सहयोगमा)
फेसबुकबाट तपाईको प्रतिक्रिया !