- काठमाडौं ,भदौ १८ गते बिहीबार ।
- जनप्रभाब – सम्बादाता
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का बरिष्ठ नेता झलनाथ खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सरकारले १ अर्ब ३२ करोड रुपैया अनुदान दिने भएको छ । सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि भन्दै नेपाल सरकारले खनालका नाममा स्थापना गरिएको प्रतिष्ठानलाई उक्त रकम दिएको छ ।
स्रोतका अनुसार झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारले १ अर्ब ३२ करोड रुपैयाँ दिने निर्णय गरेका हुन । सरकारले ७२ करोड रुपैयाँ पहिलो किस्तामा प्रतिष्ठानलाई दिने छ भने बाँकी दोस्रो किस्तामा दिने छ ।
राजनीति र व्यापारलाई एक साथ अगाडि बढाएका खनालले आफ्नो श्रीमती र छोरालाई व्यापारमा पूर्ण रुपमा देखाउने गरेका छन् । उनले २०६६ सालमा हेटौडामा सल्लोबाट क्यान्सरको औषधि उत्पादन गर्ने कम्पनी किशोरी महतोसंग किनेका थिए । बैंक लोनबाट किनेको उक्त कम्पनी अगाडि बढ्न नसके पछि साडुभाइ सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला बैंकको उक्त ऋण मिलाएका थिए ।
प्रतिष्ठानका नाममा अनुदान दिए पनि झलनाथको प्रभावका कारण सरकारले यति ठूलो रकम दिने निर्णय गरेको नेकपाका एक नेताले गुनासो गरे । नेकपा भित्र नेतृत्व कलह चर्किरहेका बेलामा खनालका नाममा खुलेको प्रष्ठिानलाई यति ठूलो रकम अनुदान दिनुलाई अर्थपूर्ण ढंगबाट हेरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !