- सिरहा,भदौ १८ गते बिहीबार ।।
- जनप्रभाब – सम्बादाता
सिरहाको चोहर्वा–सिरहा सदरमुकाम सडक खण्डमा बुधबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रबक्ता एवम् प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेका अनुसार सिरहा नगरपालिकामा पर्ने भलुवाही र पदमपुरको बीचमा दुई मोटरसाइकल आपसमा ठोक्किदा सिरहा नगरपालिका–९ का सिल्टु ठाकुर र धनगढीमाई नगरपालिका–१० का दिपक कुमार पंजियारको मृत्यू भएको छ । दिपकलाई जिल्ला अस्पताल र ठाकुरलाई लहान पठाउँदा बाटैमा दुवैको मृत्यु भएको थियो ।
स ४ प ४६१० नम्बर र स ४ प ७९२१ नम्बरको मोटसाइकल एक आपसमा ठोक्किएको थियो । मोटरसाइकलमा पछाडि सबार सिरहा नगरपालिका–९ गुलरियाका घाइते ३५ वर्षीय जितेन्द्र भन्ने शिव कुमार महराको गोलबजारस्थित भूमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिव्र गतिका कारण दुर्घटना हुन सक्ने अनुमान गरिएको छ । प्रहरी अनुसार दुवैको शवलाई पोस्ट्मार्टम गरी परिवारजनलाई जिम्मा लगाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !