- बिरगंज ,भदौ १८ गते बिहीबार ।।
- जनप्रभाब – सन्जु छतकुली
कोरोना भाईरसको जोखिमबाट बच्ने र बचाउने उद्देश्यले पर्सामा वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन गाउँ टोलमा आज दोस्रो दिन पनी अभियान शुरु गरेको छ ।
वातावरण जिउने आधारद्वारा पर्साको बीरगंजमा दोस्रो दिन पर्चा पम्पलेट बाटने र माईकिङ्ग गर्ने अभियान शुरु गरेको हो ।
वातावरण जिउने आधारद्वारा वीरगञ्जमा जनचेतना फैलाउन का लागी गरेको अभियानमा आफुहरुले बिभिन्न संगठनहरुको सहयोगमा यो कार्यक्रमको पहिलो पटक बीरगंजमा शुरुवात गरेको संस्थाका केन्द्रिय अध्यक्ष आकाश चौहानले बताउनुभयो ।
गाउँघरमा साबुन पानीले हात धुने, मास्क र सेनिटाइजरको प्रयोग गरी जनचेतना फैलाउने अभियानमा संविधान सभा सदस्य अनिल रुंगटा, वातावरण जिउने आधारका ष्खिष्लन धष्तज भलखष्चयलmभलत क्षेत्रिय अध्यक्ष आशुतोष चतुर्वेदी, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले सहयोग गरेको संस्थाका केन्द्रिय अध्यक्ष चौहानले बीरगंज डेलीलाई बताए । यो अभियान पर्सेली जनताहरुलाई कोरोनाको माहामारीबाट बचाउनका लागी यो संस्थाले १० दिन सम्म अभियान जारी राख्ने केन्द्रिय अध्यक्ष चौहानले बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !