पुजारी हत्यामा सलग्नलाई २ नम्बर प्रदेश प्रहरि कार्यालय जनकपुरधामबाट खटिएको टाेलिले पक्राउ गर्न सफल भएको छ ।
- जनकपुर ,भदौ १७ गते बुधबार ।।
- जनप्रभाब – आलोक यादव
रौतहटका पुजारी श्रीराम शाहको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । देवाही गोनाही नगरपालिका–१ घर भएका रामनरेश पटेल र सोही ठाउँका बालकुमार पटेललाई सार्वजनिक गरेको हो ।
रौतहटको बौधिमाई नगरपालिका–७ वडकी बंकुल एरियाबाट २ नम्बर प्रदेश प्रहरी कार्यालय र रौतहट प्रहरीको विशेष टोलीले उनीहरुलाई पक्रेको २ नम्बर प्रदेशका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिनु भयो ।
नरेश पटेलले कटुवा पेस्तोल प्रयोग गरी पुजारी साहको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको सिंहले बताए । उनले भने, ‘त्यस्तै बालकुमार पटेलले घटनास्थित बसेर मानिसको आवत जावतलाई निगरानी गरेको थियो ।’
यस्तै घटनामा अन्य व्यक्तिको पनि संलग्नता रहेको अपराधीको खोजी कार्य भइरहेको सिंहले जानकारी दिए । पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत रौतहटबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
माधव नारायण नगरपालिका–३ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी शाहको साउन ३ मा हत्या भएको थियो । उनले आफ्नै पैसा लगानी गरेर मन्दिर बनाएका थिए ।
मन्दिर परिसरमा अज्ञात ब्यक्तिले गोली हानेर हत्या गरेका पुजारीको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन हिन्दुवादी संगठनले दवाव दिएका थिए ।
सापट दिएको रकम माग्दा विवादपछि हत्या
पुजारी साहको सापट दिएको रकम माग्दा विवादपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका रामनरेशका बुवाले पुजारीसँग केही रकम ब्याजमा लिएको र माग्ने बेला विवाद भएपछि हत्याको योजना बुनेको प्रहरीसमक्ष बताएका छन् । मृतक पुजारीको मन्दिर नजिक ३ वटा रक्सी पसल रहेको र रक्सी सेवनपछि मन्दिरको धारामा आई खुट्टा धुने, पानी खाने गरेपछि घटना हुनुभन्दा ३ दिन अघि रामनरेश र पुजारीबीच विवाद भएको थियो । प्रहरीले यसलाई पनि हत्याको कारण मानेको छ ।
रामनरेशले प्रहरी समक्ष भनेका छन्,‘गाउँमा विभिन्न विषयहरुमा छलफल हुँदा पुजारीले फरक मत राख्ने गर्थे । यही क्रममा पुजारीसित धेरै पटक विवाद भएको थियो । त्यसपछि हत्याको योजना रचेका हौं ।’ पुजारीसित कति रकम सापट लिएको भन्ने खुलाइएको छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !