- राजबिराज ,भदौ १७ गते बुधबार ।।
- जनप्रभाब – आलोक यादव
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाका अनुसार भारतबाट भन्सार छलि अवैध रुपमा मोटरसाइकलमा बोकेर ल्याउँदै गर्दा बुधबार बिहान १ सय ९० पोका सूर्तीसहित सप्तरीको शम्भुनाथ नगरपालिका ३ निवासी राजदेव साह पक्राउ परेका छन् ।
उनीसँगै रहेका अर्का एक तस्कर भने मोटरसाइकल छाडेर भागेका छन् । गस्तिमा खटेको प्रहरी टोलीले रुपनी गाउँपालिकाको छप्कि भतौल सडकखण्डमा चेक जाँचको क्रममा साहलाई अवैध सूर्तीसहित पक्राउ गरेको हो । घटनास्थलबाट प्रहरीले बा.२२प. ५१६८ तथा प्र.०२–०४१ प.९४६ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
यस्तै भारतबाट भन्सार छलेर ल्याएको १ सय ६० थान रेडिमेड कपडासहित राजविराज नगरपालिका १२ का प्रेमप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबारै बिहान जिल्लाको बोदेबसाईन नगरपालिका ८ तथा छिन्नमस्ता गाउँपालिका ४ मा तीन वटा साइकलमा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ बोरा हरियो मटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीलाई देखेर तस्कर साइकल छाडेर भागेको बताइएको छ । अबैध कारोबारमा संलग्न व्यक्तिलाई बरामद सामानसहित बेल्हीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !