Advertisement
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि
No Result
View All Result
Janprabhabnews
No Result
View All Result

ह्याङलाल उर्फ मानव तस्करका दिल्ली एजेन्ट मानव बेचबिखनमा तस्करको ‘ट्रिपल चेन’


  • काठमाडौं ,भदौ १७ गते बुधबार ।।
  • जनप्रभाब – सम्बादाता


पक्राउ पर्नु, छुट्नु। जेल जानु, बाहिर निस्कनु। फेरि उही अपराधको दुनियाँमा रमाउनु। अपराध गर्नकै लागि ठाउँ मात्रै होइन, देश नै परिर्वतन गर्नु। प्रहरीलाई मात्रै होइन, दूतावासलाई समेत चक्मा खुवाउनु। र, फेरि जेल जानु। जेललाई अपराधको पाठशाला ठान्नु र फेरि अपराधकर्ममा फर्कनु।सिन्धुपाल्चोकका ४६ वर्षीय याङलाल लामा भन्ने ह्याङलाल तामाङको परिचयसँगै यी विशेषता जोडिएर आउँछन्।

वि.सं. २०७० सालदेखि पक्राउ पर्न थालेका ह्याङलाल पुनः पक्राउ पर्ने, जेल जाने र बाहिरिने क्रम जारी छ। उनी सुरुमा जिल्ला प्रहरी कार्यालय पर्साबाट केही सार्वजनिक अपराध मुद्दामा २०७० कात्तिक १५ गते पक्राउ परेर ३ हजार धरौटीमा छुटेका थिए। त्यसको एक महिना नबित्दै २०७० मंसिर १४ गते मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ परे। त्यसबेला १५ महिना जेल बसेर छुटे।

पक्राउ पर्ने र छुट्ने शृंखला जारी रहे पनि उनले आफ्नो पेसा परिर्वतन गरेनन्। फेरि उही अपराधकै दुनियाँमा फर्किए। तर पहिलाको जस्तो उनले ठाउँ मात्रै परिवर्तन गरेनन्। यसपटक उनले देश नै परिवर्नत गरेर अपराध गर्ने नयाँ योजना बनाए। त्यसका लागि रोजियो छिमेकी देश भारत। भारतमा रहँदा उनले नेपालबाटै पहिला गरेजस्तै मानव बेचबिखन तथा ओसारपसारको काम गरे। त्यहाँ उनी मानव तस्करको दिल्ली एजेन्टका रूपमा नियुक्त भए।

पछि मानव बेचबिखन गर्न लागेको जानकारी भारतस्थित नेपाली दूतावासमा पुग्यो। ह्याङलाले बन्धक बनाएका ४४ महिलाको उद्धार दूतावासले गर्‍यो। तर ह्याङलाल भने दूतावासलाई नै चक्मा दिएर छुटे। उनलाई कारबाही गर्ने हिम्मत दूतावासले गरेन।

उनै ह्याङलाल अहिले पक्राउ परेर थुनामा गएका छन्। उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले गत शुक्रबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

मानव बेचबिखन ब्यूराको टोलीले उनलाई गत साउन १९ गते काठमाडौंबाट पक्राउ गरेको थियो। उनी पक्राउ परेपछि मानव तस्करीका नयाँ नयाँ तरिका सतहमा आएका छन्। पासपोर्ट बनाउनेदेखि, मेडिकल खर्च र विदेश जाँदा लाग्ने खर्चसमेत तस्करले नै व्यहोर्दै प्रलोभनमा पारेर मानव बेचबिखन हुने गरेको खुलेको छ।

तस्करले नै तिर्छन् विदेश पठाउँदा लाग्ने सबै खर्च
घटना २०७४ सालको हो। कामको खोजीमा एक महिला काठमाडौं आएकी थिइन्। उनी विजय लामा भन्ने व्यक्तिको सम्पर्कमा पुगिन्। लामाले काठमाडौंमा ज्यामीको काम गर्नुभन्दा विदेश जानु नै राम्रो भएको सल्लाह दिए।

‘यहाँको भन्दा काम पनि राम्रो। कमाई पनि राम्रो भन्ने प्रलोभन देखाएपछि म विदेश जान तयार भएँ,’ प्रलोभनमा परेर विदेश जानका लागि दिल्लीबाट उद्धारपछि नेपाल फर्किएकी ती महिलाले प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘मैले दुई पटक श्रम स्वीकृतिको लागि जाँदा नपाएको कुरा विजयलाई सुनाएपछि उनले भारतको बाटो हुँदै जानुपर्छ भन्ने बताए। मैले त्यसरी जान्नँ भन्दा उनले बारम्बार प्रलोभन देखाए।’

मानव तस्करीको योजना बनाइरहेका विजयले विश्वासमा पार्न ती महिलाका श्रीमानलाई झापाबाट काठमाडौं बोलाए। खाने-बस्ने सबै व्यवस्था उनै विजयले मिलाए।

त्यतिन्जेल ती महिलाको पासपोर्टको म्याद गुज्रिसकेको थियो। ‘त्यसपछि विजय आफैंले १५ हजार रुपैयाँ तिरेर मेरो पासपोर्ट बनाइदिए,’ अदालतले सुनाएको आदेशमा महिलाको बयानमा उल्लेख गरिएको छ।

आफ्नै खर्च गरेर तस्करले ती महिलाको पासपोर्ट मात्रै बनाएनन्। विदेश जाँदा लाग्ने सबै खर्चसमेत आफैं हालिदिने बताए। एक रुपैयाँ खर्च नलाग्ने। कुवेतमा मासिक ९० कुवेती दिनार (करिब ३४ हजार ५ सय नेपाली रुपैयाँ) तलब पाउने र त्यसको सबै व्यवस्था विजयले आफैं मिलाउने बताएपछि ती महिला उनको प्रलोभनमा परिन्।

‘मलाई विश्वासमा पार्‍यो। भोलि केही भयो भने नेपाल फर्केर तिमीलाई छाड्दिनँ भन्दा विजयले त्यसको सबै जिम्मा मेरो भनेको थियो,’ ती महिलाको बयानमा उल्लेख छ।

यति मात्रै होइन, मानव तस्करीको योजना बनाइरहेका विजयले विश्वासमा पार्न ती महिलाका श्रीमानलाई झापाबाट काठमाडौं बोलाए। खाने-बस्ने सबै व्यवस्था उनै विजयले मिलाए। ‘अब तपाईंको श्रीमतीले विदेश गएर कमाइहाल्छ। तपाईंलाई खर्च छैन होला। म ५० हजार दिउँला’ भन्दै ती महिलाका श्रीमानलाई समेत तस्करले लोभ्याएका थिए। यसरी सबै खर्च तस्करले नै व्यहोरेर ती महिलालाई भारतसम्म पुर्‍याइएको थियो।

नाइट बस चढेर नेपालगञ्ज, भारतीयले ट्याक्सीबाट पुर्‍याए बनारस
ती महिलाका श्रीमानलाई समेत विश्वास दिलाइसकेपछि ‘पर्सि दिल्ली पुग्ने पर्छ। दिल्ली पुग्न तीन दिन लाग्छ’ भन्दै २०७४ बैसाख ८ गते नयाँ बसपार्क पुर्‍याएर ती महिलालाई नेपालगञ्जको रात्री बस चढाए।

त्यसबेला विजयले ती महिलालाई ‘साथीसमेत खोजी दिएको छु’ भन्दै अर्की एक महिलालाई पनि सँगै गाडी चढाएका थिए। बसभाडासमेत विजय आफैंले तिरेका थिए। यति मात्र होइन, खर्च भनेर पाँच, पाँच सय दुवै महिलालाई दिइएको थियो।

‘भोलिपल्ट बिहान उनीहरूलाई लिन नेपालगञ्ज बसपार्कमा दुई जना भारतीय मूलका युवा पुगेका थिए। हामीलाई होटलमा लगेर खाना खुवाए। दुई घण्टा आराम गर्न समय दिए। त्यसपछि भारतीय ट्याक्सीमा चढाई बोर्डर पार गराए र बनारस पुर्‍याए,’ दिल्लीबाट उद्धार गरिएकी ती महिलाको बयानमा उल्लेख गरिएको छ।

अनि आइपुगे तस्करका दिल्ली एजेन्ट ह्याङलाल
बनारस पुर्‍याएपछि उनीहरूलाई एउटा फ्ल्याटमा थुनेर १० दिन राखियो। त्यसबेला उनीहरूको अरू महिलासँग पनि परिचय भयो। बनारस पुगेका उनीहरुलाई लिन आइपुगे तस्करका दिल्ली एजेन्ट ह्याङलाल तामाङ। ह्याङलालले नै दुई वटा रेल चढाएर उनीहरूलाई दिल्ली पुर्‍याएका थिए। नेपालबाट पठाइएका महिलालाई राख्न बनारस र दिल्लीमा उनै तामाङले फ्ल्याट भाडामा लिएका थिए।

दिल्लीको उत्तमनगरस्थित तामाङले लिएको फ्ल्याटमा उनीहरूलाई एक महिनासम्म राखियो। तर एक महिनाको बीचमा पनि तस्करले उनीहरुलाई विदेश पठाउन सकेनन्। त्यसपछि तस्करका काठमाडौंका एजेन्ट विजयलाई पटकपटक फोन गर्दा उनीहरूको नम्बर नै ‘ब्ल्याक लिस्ट’मा भएकाले सम्पर्क हुन सकेन।

ह्याङलालले नै दुई वटा रेल चढाएर उनीहरूलाई दिल्ली पुर्‍याएका थिए। नेपालबाट पठाइएका महिलालाई राख्न बनारस र दिल्लीमा उनै तामाङले फ्ल्याट भाडामा लिएका थिए।

यता दिल्ली एजेन्ट ह्याङलाल भने उनीहरूलाई ‘आजै हुन्छ भोलि नै फ्लाइट हुन्छ’ भन्दै थुमथुम्याउँदै बसे। ‘फ्लाइट हुन्छ, भन्ने आश्वासन मात्रै दियो। हामीलाई घरबाट बाहिर जान पनि दिएन। बन्धक बनाएर राख्यो,’ पीडित महिलाले बयानमा भनेका छन्, ‘यसरी बन्धक बनाइ राखेकोमा हामीमध्येकी १ जनाले भारतस्थित नेपाली दूतावासमा खबर गरेपछि हाम्रो उद्धार भएको हो।’

तर त्यसबेला ह्याङलाल भने आफूले उल्टै नेपाली महिलालाई सहयोग गरेको र बोलाएको बेला उपस्थित हुने भन्दै दूतावासलाई गुमराहमा राखेर छुटेका थिए।

ह्याङलाल पक्राउपछि खुले तस्करका ‘ट्रिपल चेन’
दूतावासबाट माइती इन्डियामार्फत् ती महिलालाई माइती नेपालको जिम्मा लगाएर उद्धार गरिएको थियो। तर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भने फरार नै थिए। फरार भएकाहरूमध्ये तस्करका दिल्ली एजेन्ट पक्राउ परेपछि मानव तस्करका ‘ट्रिपल चेन’ अर्थात् तीन देशमा बसेर गर्ने तस्करीको धन्दा बाहिर आएको छ।

ह्याङलाल पक्राउ परेपछि नेपालमा बसेर काम गर्ने विजय लामा, कुवेतमा बसेर युवतीको व्यवस्थापन गर्ने रामबहादुर तामाङको कर्तुत पनि बाहिर आएको छ।

विजयले नेपालबाट पठाएका महिलाहरु दिल्लीमा रिसिभ गर्ने ह्याङलालको काम थियो। त्यसको व्यवस्थापन पनि उनैले गर्थे। यसका लागि ह्याङलालले एक जना सहयोगी श्याम तामाङसमेत राखेका थिए। त्यसपछि कुवेतबाट रामबहादुरले पठा भनेको बेला ती महिलाहरुलाई कुवेत पठाउने गरेको उनले बयानमा बताएका छन्। यसबापत उनले प्रतिमहिला ३० देखि ३२ हजार रुपैयाँसम्म बुझ्ने गरेका थिए।

दिल्लीको एयरपोर्टमा नेपाली महिलाहरूमाथि कडा निगरानी राखेपछि कुवेत पठाउने तस्करको योजना सफल हुन सकेन। दिल्लीबाट दुबई हुँदै कुवेत पुगेका ४४ जना महिलालाई पुनः दिल्ली नै फर्काइपछि उनीहरूको योजना सफल हुन सकेको थिएन। त्यही बेला दूतावासमा खबर पुगेपछि महिलाको उद्धार गरिएको थियो। तर दिल्ली एजेन्ट ह्याङलाल भने फरार हुन सफल भएका थिए।

‘विजयले नेपालबाट केटीहरू खोजी पठाउने, मैले भारतमा रिसिभ गरी मेरो फ्ल्याटमा राखी टिकट काटी कुवेत, इराकलगायतका देशहरूमा पठाउने गर्थ्यौं। यसबापत मैले कमिसन लिन्थेँ। विजयले मानिस पठाउँदा महिलाको जाने खर्च तथा टिकटबापतको खर्च तिरिदिन्थे। कुवेत पुगेपछि रामबहादुरले केटीहरूलाई आफैँले घरायसी कामकाजमा लगाइदिने गर्थे। यसरी कामकाजमा लगाएबापत एक महिलाको कुवेती दिनार ८ सय कुवेती दिनार (करिब ३ लाख नेपाली रुपैयाँ)सम्म कमिसन आउने गर्थ्यो,’ ह्याङलाले बयानमा भनेका छन्।

उता काठमाडौंबाट महिला सप्लाई गर्ने विजय लामा भन्ने सोमबहादुर गोलेविरुद्ध पक्राउ गरी कारबाहीको दायरामा ल्याउन भन्दै काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।नारायण अधिकारी

जनप्रभाव संवाददाता

जनप्रभाव संवाददाता

जन प्रभाब साप्ताहिक पत्रिकाद्वारा संचालित जनप्रभाबन्युज डटकम अनलाईन पत्रिका सिरहा जिल्लाको नं. १ अनलाइन हो । हामीलाई फेसबुकमा फल्लो गर्न सक्नुहुन्छ । 

सम्बन्धित समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न
जनप्रभाबन्युज विशेष

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान
जनप्रभाबन्युज विशेष

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’
जनप्रभाबन्युज विशेष

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश
जनप्रभाबन्युज विशेष

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले
जनप्रभाबन्युज विशेष

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ
जनप्रभाबन्युज विशेष

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

ताजा समाचार

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

नयाँ दलको बहुमत र मधेशी दलितको उपेक्षा : समावेशी लोकतन्त्रमाथि गम्भीर प्रश्न

1 month पहिले
लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

लहानका विपन्न परिवारलाई मेयर चौधरीको मलम: विल्टु र सकुन्तीको निधनमा राहत प्रदान

2 months पहिले
सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

सिरहा–२ मा कांग्रेस नेता राम चन्द्र यादवलाई जिताउन स्थानीयको सामूहिक प्रतिबद्धता; ‘विकासप्रेमी नेताको विकल्प छैन’

2 months पहिले
सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

सिरहा-२ मा फेरियो चुनावी लहर:’सुख-दुःखका साथी’ रामचन्द्र यादवको पल्ला भारी, ‘टुरिस्ट नेता’ विरुद्ध जनआक्रोश

3 months पहिले
संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

संसद पुनर्स्थापनाका लागि सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले

4 months पहिले
रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

रास्वपा नेता पराजुली भन्छन्- बालेन, कुलमान र हर्कलाई साथ लिएर अघि बढ्छौँ

4 months पहिले

जनप्रभाव साप्ताहिक पत्रीका द्वारा संचालित
जनप्रभाव न्युज अनलाइन  डटकम
लहान नपा – १ , सिरहा नेपाल
मो. नम्बर : +9779863964800
इमेल :[email protected]
दर्ता नम्बर : ११८

हाम्रो टीम

कार्यकारी सम्पादक:- चन्दा यादव
कार्यकारी निर्देशक/ संचालक: आलोक यादव
सम्पर्क मो. नं :  9819992976
सल्लाहकार: बिजय कु. गुप्ता/देवकुमार यादव

सामाजिक संजालमा हामी

Facebook Twitter Youtube
  • Privacy Policy

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • राष्ट्रिय
  • स्थानीय तह
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
    • दुर्घटना
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
    • जनप्रभाबन्युज विशेष
  • मनोरञ्जन
  • भाषा
    • नेपाली
    • मैथिली
    • हिन्दी
    • English
  • ई-पेपर
  • अन्य
    • बैंक
    • मौसम
    • आर्थिक
    • क्राइम रिपोर्ट
    • तस्करी रिपोर्ट
    • फोटो फिचर
    • अन्तर्वार्ता/विचार
    • विज्ञान/प्राविधि

© 2020 JanPrabhabhNews || Powered By ProTech Media || Design By Surendra Singh