- विराटनगर ,भदौ १७ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस संक्रमण देखिएको हो ।
प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको छ ।
भदौ १३ गते धनकुटा अस्पतालको निरीक्षणमा गएर फर्किएपछि उनलाई झाडापखाला भएको थियो । सोमबारदेखि ज्वरो पनि आएपछि स्वाब संकलन गरेर पिसिआर परिक्षण गरिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साझबाट मन्त्री घिमिरे निवासमै बसेका छन । पखाला र हल्का ज्वरो भएपनि आफ्नो स्वास्थ अवस्था सामान्य रहेको उनले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !