- एजेन्सी ,भदौ १७ गते बुधबार ।।
- जनप्रभाब – सम्बादाता
विश्व स्वास्थ्य संगठन ( WHO )ले युरोपमा अब राष्ट्रिय स्तरमा लकडाउन गर्न आवश्यक नरहेको बताएको छ ।
केवल स्थानीय स्तरमा लकडाउन गर्दै युरोपमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आउन सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका अनुसार अब युरोप खोप विना नै कोरोना भाइरस सँग बाँच्न सक्ने बताएको छ ।
डब्ल्यूएचओको युरोपका क्षेत्रीय निर्देशक हेन्स क्लूगले एक अन्तर्वार्तामा भने, ‘महामारीविरुद्धको जित खोपबाटै हासिल हुन्छ भन्ने कुनै जरुरी छैन । महामारीलाई त्यतिबेला मात्र जित्न सकिन्छ, जतिबेला हामी महामारीसँगै बाँच्न सिक्छौँ ।’
उनलाई आगामी महिनामा संक्रमणको दोस्रो लहरबाट बच्न राष्ट्रियरुपमा लकडाउन हुन सक्छ विषयमा गरिएको प्रश्नमा उनले भने, ‘मलाई त्यसको आवश्यकता पर्दैन भन्ने लाग्छ । तर स्थनीय स्तरमा लगाइने लकडाउनको सम्भावना भने नकार्न सकिँदैन ।’
स्रोत : बीबीसी
फेसबुकबाट तपाईको प्रतिक्रिया !