- बिरगंज ,भदौ १६ गते मंगलवार ।।
- जनप्रभाब मिसन बोडर ब्यूरो
- कृष्ण यादव
बारा जिल्लाको बलिरामपुर , मुसहरवा नाकामा सशस्त्र प्रहरी को २ नम्बर प्रदेश प्रमुख कृषणा ब्हम्चार्याले पटक पटक निरिक्षण गरे पनि अहिले सो नाका सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा ब्यापक रूपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ ।
बाराको मुशहर्वा,बलिरामपुर नाका बाट दैनिक लाखौं रुपैयाको तस्करी भईरहेको छ।तस्करले दिन रात उक्त नाका बाट दैनिक रुपमा सुर्ती, राजनिवास, भैंसी, रजनीगंधा, लत्ताकपडा , हाडयेवर लागाएतको सामाग्री तस्करी गरिरहेको स्थानीयले बताएका छन्।
बारा जिल्लाका नामुदत तस्करहरु अहिले बारा जिल्लाको बलिरामपुर नाका बाट द्वयप्रहरीको मिलोमतोमा तस्करी भईरहको एक जना तस्करले बताएको छन्।
बाराको बलीरामपुर र मुशर्हवा नाका बाट ब्यापक तस्करी भइरहेको छ। लकडाउनमा नाका सिल भएपनि दिनमै खुल्म खुल्ला रुपले सो नाकावाट मानिस अावतजावत र तस्करी भइरहेको छ।
बलीरामपुर र मुशर्हवाको चोर बाट प्रयोग गरी भैंसीको तस्करी भइरहेको सुचना प्राप्त भएको छ। बलीरामपुरको नाम दुत तस्करहरु बाराको बलीरामपुर र मुशर्हवाको नहरको बाटो हुँदै ईटियाहीको बाटो प्रयोग गर्दै परवानीपुर सम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा तस्करी फस्टायादै आइरहेको छ। रातीको १२ बजे देखि ४ बजे सम्म रात भरी तस्करी भइरहेको स्थानीयहरुले बताएका छन्।
सशस्त्र प्रहरी दुई नम्बर प्रदेश प्रमुख ब्रहम्चार्या पटकपटक अनुगमन गरे पनि तस्करी नरोक्नुको कारण तल्लो देखि माथि सम्मको सेटिङ्गमा तस्करी भईरहेको स्थानियहरुको बुझाई छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !