- लहान,भदौ १६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
मिर्चैया ३ स्थित रहेको आधारभूत विद्यालय राघोपुरमा ट्रस्ट निर्माणको विषयमा भएको विवादमा दर्जनौ घाईते भएको छ ।
भदौ ५ गते विद्यालयका प्रअ देवशंकर यादवले विद्यालय व्यवस्थापन समितिको सहमति विना ट्रस्ट निर्माण गर्न थालेपछि स्थानीयले काम रोकेका थिए । विद्यालय व्यवस्थापक समितिमा दूई जना अध्यक्ष रहेको स्थानीयको दावी छ । अध्यक्षको टुँगो नलागेसम्म निर्माणको कार्य तत्काल रोक्न स्थानीयले माग गरेको हो ।
वडाध्यक्ष हरिकुसैयत यादवले प्रअ देवशंकरलाई सहमती गरी सो ट्रस्ट निर्माण थालेपछि स्थानीयले अवरोध गर्दा भदौ ५ गते दूईपक्षबीच कुटाकुट भएको छ । विवाद रोक्न प्रहरीले तत्काल ट्रस्ट निर्माण कार्य रोक्न दुवैपक्षलाई सहमती गराएको थियो । विवादकै क्रममा वडाध्यक्ष हरिकुसैयतपक्षले स्थानीय राकेश यादवलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर भाग्दै गरेका थिए । स्थानीयले प्रतिकार गर्दा राकेशलाई उखुवारीमा छाडेर वडाध्यक्षपक्षका व्यक्ति फरार भएका थिए ।
कुटाकुटको क्रममा स्थानीय सर्वपक्षीय (नेकपा, काँग्रेस, जसपा र राप्रपा) का सुमिन्द्रादेवी यादव, अशोक यादव, नविन साह, प्रदीप साह, रामेश्वर साहलगायत ६ जना घाईते भएका छन् । जसमा सुमिन्द्रादेवीकी नाकमा गम्भिर चोट लागेको छ भने उपचारको लागि सिरहा अस्पतालबाट जनकपुर रेफर गरिएको थियो । जनकपुरमा उपचार सम्भव नभएपछि सुमिन्द्राको उपचार अहिले विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ । उता वडाध्यक्ष हरिकुसैयतपक्षका निजका दूई जना भतिज, रामे मण्डल, रामकुमार यादवलाई समान्य चोट लागेको छ ।
१५ लाख बजेट रहेको सो ट्रस्ट निर्माणको लागि पटक पटक विवाद हुँदा स्थानीयसँग समन्वय हुन नसकेको अवस्था छ । विवाद भएर रोकिएको ट्रस्टको काम आज भदौ १५ गते प्रअले निर्माण थाल्दा सर्वपक्षीय स्थानीयले फेरी अवरोध गरेको छ ।
प्रअ देवशंकरले स्थानीयतहको सहमती लिएर ट्रस्ट निर्माण थालिएको छ । यसमा स्थानीयलाई समन्वय के गर्नुपर्छ र ? स्थानीय सर्वपक्षीय समन्वयको खाचो म पनि महसुस गरेको छु ।
उता, सर्वपक्षीय स्थानीयले वडाध्यक्ष पक्ष विरोध अपहरण, ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दा प्रहरीले दर्ता नगरिएको गुनासो छ । यसअघि विवाद हुँदा समेत प्रहरीले सर्वपक्षीय स्थानीयको मुद्दा दर्ता नगरेको दावी छ । प्रहरी पनि स्थानीयतहकै पक्षमा रहेको उनीहरुको आरोप छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !