- चितवन,भदौ १६ गते मंगलवार ।।
- जनप्रभाब – सम्बादाता
चितवनमा थप ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल अन्तर्गत कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा साेमबार मात्रै चितवनका १५ र धुलिखेलमा गरिएकाे परीक्षामा २० जनामा काेराेना पुष्टि भएकाे हाे ।
भरतपुरमा गरिएकाे परीक्षामा चितवन अलावा बाहिरी जिल्लाका ५ जनामा समेत कोरोना सङक्रमण पुष्टि भएको हो । त्यस्तै चितवनबाट धुलिखेल पठाइएका ७५५ ओटा नमुनामध्ये ५ पुरुष र १५ महिला गरी २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हाे।
सङ्क्रमण पुष्टि भएकामध्ये भरतपुर महानगरकाका ६ जना पुरुष र ५ महिला रहेका छन् । यसै गरी राप्ती नगरपालिकाका १ पुरुष र २ महिला र रत्ननगर नगरपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिनुभयाे ।
यसैगरी नवलपरासी, कैलाली, पर्सा, अछाम र रौतहटका गरी ३ पुरुष र २ महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सँगै धुलिखेल प्रयाेगशालाकाे परीक्षणमा भरतपुरका ५ महिला र १५ पुरुषमा काेराेना पुष्टि भएकाे हाे । साेमबार चितवन मेडिकल कलेजले गरेकाे परीक्षणाकाे नतिजा भने अाएकाे छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !