- काठमाडौं ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – आलोक यादव
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनप्रति दु:ख व्यक्त गरेका छन्। सोमबार नयाँ दिल्लीस्थित सैनिक अस्पतालमा ८४ वर्षको उमेरमा पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको हो। उनको निधनपछि प्रधानमन्त्री ओलीले ट्वीट गर्दै दुख व्यक्त गरेका हुन्।
ओलीले लेखेका छन्, –भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जी बितेको समाचारले मलाई एकदम दु खी बनाएको छ। सरकार र भारतीय नागरिक तथा शोक सन्तप्त परिवारका सदस्यहरूप्रति हार्दिक संवेदना प्रकट गर्न चाहन्छु।
साथै उनले नेपालका एक साथी गुमाएको समेत बताएका छन्। उनको निधनमा नेपालले एक महान् साथी गुमाएको छ। हामीले उनको सार्वजनिक जीवनको विभिन्न क्षमतामा नेपाल र भारतको सम्बन्धलाई सुदृढ बनाएको योगदान सम्झिन्छौं,
पूर्वराष्ट्रपति मुखर्जीको १० अगस्तमा दिल्लीको अस्पतालमा मस्तिस्कको शल्यक्रिया गराएका उनी कोरोना भाइरसबाट समेत संक्रमित थिए। ८४ वर्षीय मुखर्जी आफ्नो निवासमा लडेपछि उनको टाउकोमा चोट लागेको थियो। चिकित्सकले उनको मस्तिष्कमा रगत जमेको भन्दै शल्यक्रिया गरेका थिए। तर अस्पताल गएलगत्तै उनको पीसीआर टेस्ट गर्दा पोजिटिभ देखिएको थियो।
शल्यक्रियापछि उनी कोमामा थिए। चिकित्सकहरुले मुखर्जीको फोक्सोमा संंक्रमण भएको र सेप्टिक शकका कारण उनको मृत्यु भएको जनाएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया !