- काठमाडौं ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – आलोक यादव
उनले लेखेका छन् – हार्दिक श्रद्धाञ्जली ! विश्वव्यापी प्राणघातक रोगका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको दुखद् निधन भएको समाचारले स्तब्ध तुल्याएको छ। उहाँको दुखद निधनले दक्षिण एसियाले एक परिपक्व र अनुभवी बौद्धिक नेता एवं नेपालले एक अनन्य मित्र गुमाएको हो ।
मैले प्रधानमन्त्रीको हैसियतले राष्ट्रपतिको रुपमा नेपालमा स्वागत गर्न पाएको अबसरको स्मरण गर्दै यस दुखद् क्षणमा उहाॅप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त भारत सरकार र सम्पूर्ण भारतीय नागरिकमा गहिरो समवेदना प्रकट गर्दछु।
लामो समयदेखि फोक्सोको संक्रमणबाट पीडित ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको आज अस्पताल आर्मी रिसर्च एण्ड रेफरलमा निधन भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !