- महोत्तरी ,भदौ १५ गते सोमबार ।।
- जनप्रभाब – सम्बादाता
कोरोना संक्रमण बढ्दै गएपछि महोत्तरीमा जारी निषेधाज्ञाो समय पुनः थपिएको छ । महोत्तरीमा ७ दिन निषेधाज्ञाको समय थपेको हो ।
महोत्तरी जिल्लाभर आज राति १२ बजेदेखि सम्पन्न हुन लागेको निषेधाज्ञालाई भदौ २२ गते राति १२ बजे सम्मको लागि बढाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो ।
उनका अनुसार निषेधाज्ञाको अवधिमा अत्यावश्यक पसलहरु विहान ५ बजेदेखि ११ बजेसम्म खोल्न पाइनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया !